राष्ट्रिय फुटबल खेलाडी मिलन सम्मानित

छाल खवर धरान,१७ जेष्ठ ः फुटबल खेलमा योगदान गरेवापत राष्ट्रिय खेलाडी मिलन राईलाई सम्मान गरीएको छ । चौथो “हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता २०८३” को फाइनल खेलको समापनको अवसरमा हाम्रो धरान भेट्रान फुटबल क्लबले राईलाई नगद २१ हजार तथा सम्मान–पत्र प्रदानले सम्मान गरेको हो। धरान फुटबलको गौरवपूर्ण पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिएका धरानका व्यावसायिक फुटबल खेलाडी मिलन राई सम्मानित भएका छन्। धरानको स्थानीय फुटबल मैदानबाट आफ्नो खेल जीवनको सुरुवात गरेका मिलन राई नेपाली फुटबलका स्थापित खेलाडीमध्ये एक हुन् । राईले स्थानीय क्लबदेखि ए डिभिजन क्लबहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू हुँदै नेपाली राष्ट्रिय टोलीसम्म आफ्नो प्रतिभा प्रदर्शन गर्दै धरानको नामलाई देश तथा विदेशमा परिचित गराउन उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। फुटबलप्रतिको उनको समर्पण, निरन्तर मेहनत र उत्कृष्ट प्रदर्शनले धरानका सयौं युवा खेलाडीहरूलाई प्रेरित गर्दै आएको छ। खेल जीवनभर उनले प्रदर्शन गरेको अनुशासन, संघर्ष र सफलताको यात्राले नयाँ पुस्ताका खेलाडीहरूका लागि उदाहरणीय मार्गदर्शन प्रदान गरेको छ। उक्त अवसरमा हाम्रो धरान भेट्रान फुटबल क्लबका अध्यक्ष अशोक कुमार राईले मिलन राईलाई सम्मानपत्र तथा नगद पुरस्कार हस्तान्तरण गर्दै उनको खेल जीवनको उच्च मूल्यांकन गरेका थिए। अध्यक्ष राईले धरानको फुटबल विकासमा मिलन राईको योगदान अतुलनीय रहेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि उनले नेपाली फुटबल र युवा पुस्तालाई प्रेरित गरिरहने विश्वास व्यक्त गरे। क्लबका सचिव उमेश जिमीले धरान नेपाली फुटबलको उर्वर भूमि रहेको उल्लेख गर्दै मिलन राईजस्ता खेलाडीहरूले धरानको खेल इतिहासलाई समृद्ध बनाएको बताए। उनले खेलाडीको योगदानको उचित कदर गर्दै आगामी दिनमा पनि धरानका प्रतिभाशाली खेलाडीहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे । सम्मान ग्रहणपछि मिलन राईले आफूलाई प्रदान गरिएको सम्मानले थप जिम्मेवार र उत्साहित बनाएको प्रतिक्रिया दिए। उनले आफ्नो खेल यात्रामा साथ र सहयोग गर्ने सम्पूर्ण खेलप्रेमी, प्रशिक्षक, परिवार तथा धराने फुटबल समुदायप्रति आभार व्यक्त गर्दै युवा खेलाडीहरूलाई मेहनत, अनुशासन र समर्पणका साथ अगाडि बढ्न आग्रह गरे। धरान फुटबलको इतिहासमा महत्वपूर्ण योगदान पुर्‍याएका खेलाडीलाई गरिएको यो सम्... ... ... ...

1835

छाल खवर धरान,१७ जेष्ठ ः फुटबल खेलमा योगदान गरेवापत राष्ट्रिय खेलाडी मिलन राईलाई सम्मान गरीएको छ । चौथो “हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता २०८३” को फाइनल खेलको समापनको अवसरमा हाम्रो धरान भेट्रान फुटबल क्लबले राईलाई नगद २१ हजार तथा सम् ...

शैक्षिक संस्था र सरकारी कार्यालय शनिबार र आइतबार बिदा

छाल खवर धरान,२२ चैत्रः सरकारले हप्तामा दुइदिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। आइतवार वसेको मन्त्री परिषद वैठकले सो निर्णय गरेको हो । सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा ...

पेट्रोलमा अहिलेसम्म कै उच्च मुल्यवृद्धि

छाल खवर काठमाडौं,२० चैत्रः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा अत्याधिक मात्रामा वृद्धि गरेको छ । मूल्यवृद्धिसँगै पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । निगमको सञ्चालक समितिले चै ...

जनता समाजवादी पार्टीको दुइ दिने प्रशिक्षण सम्पन्न
जेठ ५, २०८३

छाल खवर धरान,५ जेष्ठः जनता समाजबादी पार्टीले प्रदेश १ समितिले दुइदिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम धरानमा सम्पन्न गरेको छ । प्रदेश अध्यक्ष गणेश राईको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष अशोक कुमार राईले दुई दिवसिय प्रदेश स्तरिय प्रशिक्षक प्रशिक्षण दिएका थिए । ...

स्थापना दिवसमा कृषि औजार वितरण

छाल खवर धरान,२५ चैतः साना किसान कृषि सहकारी संस्था लि. धरानले आफ्नो स्थापना दिवसका अवसरमा कृषकहरुलाई ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic