सनराइज बैंकले ८।९५ व्याजदरमा सरलीकृत तथा छिटो छरितो घर कर्जा प्रदान गर्ने ।

  • साउन ३०, २०७७
  • २७,९९९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० साउन ः वैंकहरुले आफ्ना ग्राहकहरुका लागि विभिन्न सुविधा सहितको योजनाहरु अघि सार्न थालेकाछन् ।

सोही क्रममा सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना सहित सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र शेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ ।

सनराइज घर कर्जा अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८।९५५ व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् । यसै गरी बैंकले शेयर धितो कर्जामा ९।९५५ ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।

कोविड १९ले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको हो ।

कर्जा लिन चाहने ग्राहकहरुले विना झन्झट छिटो छरितो कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहक महानुभावहरुले देशका १३४ स्थानमा फैलिएको सनराइज बैंकका शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्ने जनाएको छ ।

सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट धेरैले लाभ लिन सक्ने बैंकले अपेक्षा गरेको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु भविष्यमा पनि ल्याउँदै जाने जनाएको छ।

वंशावली लेखनमा ISBN र Copyright अधिकारका कुराहरू

हाल लिम्बू समुदायमा वंशाली लेख्ने, छपाउने र बाँड्ने काम एउटा प्राज्ञिक काम ...

राष्ट्रिय फुटबल खेलाडी मिलन सम्मानित

छाल खवर धरान,१७ जेष्ठ ः फुटबल खेलमा योगदान गरेवापत राष्ट्रिय खेलाडी मिलन रा ...

पूर्वेलीले चुम्याे हाम्रो धरान भेट्रानको उपाधि

छाल खवर धरान,१७ जेष्ठः धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प् ...

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic