रूसको कोरोना भ्याक्सिन एकपटक लगाएपछि २ वर्ष ढुक्क हुने

  • साउन ३२, २०७७
  • ३,५६६ पटक पढिएको
  • छाल खबर

एजेन्सी, ३२ साउन ः कोरोना भाइरस विरूद्ध रूसले उत्पादन सुरू गरिसकेको भ्याक्सिनबारे सर्वत्र चासो र शंका उब्जिरहेका वेला रूसी अधिकारीहरूले भने यसमा विश्वस्त पार्न खोजिरहेका छन् ।

मंगलबार कोरोनाविरुद्धको भ्याक्सिन सार्वजनिक गरेर लगत्तै व्यापक उत्पादन सुरू गरिसकेको रूसको दाबी छ । त्यहाँका राष्ट्रपति भ्लादिमीर पुटिनले रुसी कोरोनाविरुद्धको भ्याक्सीन विश्वमै पहिलो भ्याक्सिन बनाएको दाबी गरेका थिए ।

यसको नाम पनि विश्वकै सबैभन्दा पहिलो भूउपग्रह स्पुत्निक फाइभको सम्मानमा ‘स्पुत्निक’ राखिएको छ । रुसी भाषामा स्पुत्निक भनेको भूउपग्रह हो ।

पुटिनले आफ्नी छोरीले पनि उक्त भ्याक्सिन लगाएको बताउँदै यो सुरक्षित रहेको दाबी गरेका छन् ।यसैबीच रुसी एक अधिकारीले यो भ्याक्सिनको असर थोरैमा दुई वर्षसम्म रहने बताएका छन् ।

उनले भ्याक्सिन लिएपछि २ वर्षसम्म कोरोना भाइरसबाट ढुक्क हुन सकिने बताएका हुन् ।

रुसी न्यूज एजेन्सी टीएसएसएसका अनुसार गामेलिया अनुसन्धान केन्द्रका निर्देशक अलेक्जेन्डर गिन्टसवर्गले रुसको कोरोना भ्याक्सिनको असर मात्र ६ महिना वा एक वर्षको मात्र नहुने र यसले दुई वर्षसम्म भाइरसबाट टाढा राख्ने दाबी गरेका हुन् ।

रुसी स्वास्थ्य अधिकारीहरुले यो संसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन भएको र यसको पहिलो ब्याच दुई हप्तामा आउने बताएका छन् ।

 

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

क्यानाडामा साकेला सिली

छाल खवर धरान,१ जेठः आफ्नो संस्कार संस्कृती सवैलाई प्यारो हुन्छ भन्ने उदाह ...

धरान लिगामेन्ट स्कूलमा प्रजातन्त्रको अभ्यास सहित न

छाल खवर धरान,११ जेष्ठः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ मा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic