आँगनमा वडा कार्यालयको सेवा शुरुभएपछि नडाहावासी दंग नव निर्मित वडा कार्यालय सञ्चालनमा

  • भदौ ८, २०७७
  • ३७,४४२ पटक पढिएको
  • भोला श्रेष्ठ
alt

भोला श्रेष्ठ

धरान,८ भदौ ः नडाहावासीहरु यतिवेला खुशीले गदगद मात्र भएका छैन आगनमै वनेको सरकारी कार्यालय हेरेर दंग छन् ।

आफूले गास काटेर दिएको सहयोगबाट निर्माण भएको सरकारी भवन औपचारीक रुपमा नै सञ्चालनमा आएपछि उनीहरु दंग परेका हुन ।

जनसहभागितामा निर्माण गरीएको बराहक्षेत्र नगरपालिका वडा नं. ३ को भवन आइतवारबाट सञ्चालनमा आएको छ ।
आइतवार एक अनौपचारीक रुपमा सो भवनबाट वडा कार्यालयको सेवा शुरु गरीएको छ

वडा कार्यालय भवन कहाँ वनाउने भन्ने विषयमा नगरप्रमुख र वडाध्यक्षको वीचमा विवाद भएपछि सो स्थानमा भवन निर्माणका लागि बजेट विनियोजनमामा रोक लगाइएको थियो ।

आफ्नो गाउमा सिंह दरवार ल्याउनका लागि वडाका जनता आफैले गास काटेर भएपनि सहयोग जुटाएर भवन बनाउन कम्मर कसेर लागेका थिए ।

सो स्थानमा वडा कार्यालय भवन निर्माण गर्नको लागि वडाध्यक्ष रुद्र दहालले शुरुदेखि नै अडान लिदै आएका थिए । उनको अडानका कारण स्थानिय समुदायको सहभागीताले साथ दिएको थियो ।

नया भवनबाट सेवा शुरु गर्दै वडाध्यक्ष दाहालले ३ नं. वडामा स्थानीय सरकार तर्फबाट धेरै काम गर्न बाकी रहेको बताएका थिए ।

हालसम्म स्थानीय सरकारबाट कुनै लगानी नभएपनि वडाले अवको वाकी कामका लागि भने नगरपालिकाबाट बजेट विनियोजन गराउने प्रतिबद्धता जनाएका थिए ।

वडाध्यक्ष दाहालले वडा कार्यालयमा भएको सबै बहस र विवाद सकिएको दावी गर्दै नया सोच,नया जोश र नया योजनाका साथ कार्यगर्दै जाने उल्लेख गरेकाछन् ।

दाहालले जनताले चाहे जस्तो सुकै काम पनि पत्ते गरेर देखाउने गतिलो जनसहभागीताको उदाहरणिय काम भएको दावी गर्दै सबैको सहयोगबाट भनेको नडाहा चौकको वडा कार्यालय भवन नगर सभाबाट समेत पास भएको जानकारी समेत दिए ।

२०७६ वैशाख २७ गते सिलान्यास गरिएको वडा कार्यालय भवन १०७ दिन भित्र जनताको आर्थिक सहयोगबाट बनेको हो । वडा कार्यालयको निर्माण कार्य सम्पन्न भएकाले नयाँ भवनबाट काम सुरु भएको वडा सचीव निलम कार्की बताए ।

स्थानीयस्तरबाट गठित निर्माण समितिका अध्यक्ष केशव पुरीले जनसहभागीताबाट संकलित २८ लाख रुपैयाको लागतमा अपाङ्ग मैत्रि तथा सुबिधा सम्पन्न भवन निर्माण गरीएको जानकारी दिए ।भवनमा ५ वटा कोठाहरु रहेकाछन् ।

जनसहभागितामा निर्माण भएको यो भवनले अन्य क्षेत्रमा पनि विकासका काममा जनताको सहभागीतालाई प्रोत्साहन गरेको छ ।

जनता समाजवादी पार्टीको दुइ दिने प्रशिक्षण सम्पन्न

छाल खवर धरान,५ जेष्ठः जनता समाजबादी पार्टीले प्रदेश १ समितिले दुइदिने अगुवा ...

एसईईमा उर्तीण ४४ विद्यार्थीलाई सुनाखरी एकेडेमीद्धा

छाल खवर धरान,५ जेष्ठः सुनाखरी एकेडेमी धरानले एस.ई.ई–२०८२ मा उत्तीर्ण ...

एम्स एकेडेमीद्धारा २५ विधामा छात्रवृत्ति घोषणा

छाल खवर धरान,५ एम्स एकेडेमी धरानले कक्षा ११ मा विज्ञान संकायका लागि २५ भन्द ...

प्राइम भिजनका विद्यार्थीद्वारा ‘नेशनल कुलिनरी च्या

छाल खवर धरान,५ जेष्ठः प्राइम भिजन इन्टरनेशनल कलेजका विद्यार्थीद्वारा राष्ट ...

दोस्रो केरावारी गोरखा रनको उपाधि अमिर लिम्वूलाई

छाल खवर धरान,१ जेष्ठ ः दोस्रो गोर्खा केरावारी रनको उपाधि अमिर लिम्वूले हात ...

धरानका संस्थागत विद्यालयहरूको एसईई नतिजा ९३.४४ प्र

छाल खवर धरान,१ जेष्ठः धरान उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरू म ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic