धरानको पर्यटन प्रवद्धन गर्न वीपीका डाक्टर मकालु वेसक्याम्प प्रस्थान

  • कार्तिक ११, २०७७
  • २०,९९५ पटक पढिएको
  • छाल खबर
alt

तस्विर ः फोटो पत्रकार सुनसरी सदस्य सनम तामाड.

छाल खवर
धरान,११ कार्तिक ः धरानको पर्यटनलाई प्रवद्धन गर्ने उदेश्यले वीपी प्रतिष्ठान धरानका डाक्टर समिर चौधरीको तीन सदस्यीय टोली मकालु बेस क्याम तर्फ प्रस्थान गरेकाछन् ।

धरान रन समुहको प्रतिनिधित्व गर्दै उनीहरु मंगलबार त्यसक्षेत्रतर्फ प्रस्थान गरेका हुन् ।

bidai

समुन्द्र सतहबाट ४हजार ८सय ७० मिटरको उचाईमा रहेको मकालु वेस क्याम्पको पदयात्राका निम्ति सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर चौधरीसंगै फ्यालुन खेलको साफ गेम खेलाडी निक्की लिम्वु र दौड प्रतियोगिताको पूवाञ्चल प्रथम किरण लिम्वु सहभागी रहेकाछन् ।

धरानको पर्यटन प्रवद्धन गर्न र धरानलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउनको लागि आफूहरु त्यस क्षेत्रमा जान लागेको टोलीका प्रमुख समिर चौधरीले वताए । उनका अनुसार यात्रा करिव १० दिनको हुनेछ ।

काठमाडौ र विराटनगरबाट सिधै तुम्लिड.हुदै कञ्चनजंगा र मकालु वेसक्याम्प लगायत हिमाली क्षेत्रमा पर्यटन जाने गरीएकोले विराटनगर धरान हुदै गन्तव्यको पहिचान गर्न सके धरानको पर्यटन प्रवद्धन र विकास हुने उनको भनाई रहेको छ ।

त्यसका लागि मकालु वेसक्याम्पसम्म रुट निर्धारण गरी कार्यान्वयन गर्न सकेको खण्डमा समग्र पर्यटन क्षेत्रको विकास हुने उनीहरुको विश्वास रहेको छ ।

आन्तरीक पर्यटनलाई विकास र विस्तार गर्न सके स्वदेशमा नै अर्थतन्त्रको वृद्धि हुने धरान रनका अध्यक्ष रोमु राईले वताए ।

उनले आन्तरीक रुपमा पर्यटनको गन्तव्यको पहिचान गरी यसलाई विकास र  विस्तार गर्दै लैजाने हो भने आन्तरीक आम्दानीको स्रोतमा वृद्धि भई स्थानीय क्षेत्रको आर्थिक विकासमा ठूलो फड्को मार्न समय नलाग्ने कुरामा जोड दिएकाछन्् ।

राष्ट्रिय फुटबल खेलाडी मिलन सम्मानित

छाल खवर धरान,१७ जेष्ठ ः फुटबल खेलमा योगदान गरेवापत राष्ट्रिय खेलाडी मिलन रा ...

पूर्वेलीले चुम्याे हाम्रो धरान भेट्रानको उपाधि

छाल खवर धरान,१७ जेष्ठः धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प् ...

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic