मनोमानी शुल्क उठाएको भन्दै दुइ विद्यार्थी संगठनको आपत्ति

  • मंसिर १२, २०७७
  • १,१२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ मंसिर ः अनेरास्ववियू धरान उपमहानगर कमिटीले निजी विद्यालयहरुले मनोमानी रुपमा शुल्क लिन थालेको प्रति आपत्ति जनाएको छ ।

साविक अनेरास्वयुका कार्यबाहक अध्यक्ष सौरव खड्का र साविक अखिल क्रान्तिकारीका कार्यवाहक अध्यक्ष घनश्याम थेवेले संयुक्त विज्ञप्ति प्रशासन गरी सो आपत्ति जनाएका हुन ।

धरानका निजी विद्यालयहरुले अभिभावकहरुलाई डरत्रास देखाएर मनोमानी ढंगले शुल्क बुझाउन दबाब दिएको दुइ संगठनले आरोप लगाएकाछन् ।

विद्यार्थी नेताहरुले मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई विज्ञप्ती बुझाउदै मनोमानी शुल्क उठाइरहेकोप्रति उपमहानगरपालिकाको ध्यानाकर्षण गराएकाछन् ।

विद्यार्थीहरु भौतिकरुपमा विद्यालयमा उपस्थित नभएता पनि यातायात, खेलकुद, कम्प्युटर, ल्याबलगायत विभिन्न शिर्षकमा शुल्क असुल भइरहेको विद्यार्थी संगठनले जनाएको छ ।

कोविड–१९ को महामारीबाट परेको असरका कारण अभिभावकले शुल्क तिर्न समस्या भईरहेको अवस्थामा मनोमानी ढंगले शुल्क लिन दवाव दिनु व्यवहारीक नभएको समेत उनीहरुले बताएकाछन। ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic