चिनियाँ उपमन्त्री आज नेपाल आउँदै

  • पुस १२, २०७७
  • २,७५६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,१२ पुष ः नेपालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरकि विवाद भई विभाजन समेत हुने अवस्था आएकोमा चिन्ता व्यक्त गर्दै चिनियाँ उपमन्त्रीसहितको एक उच्चस्तरीय टोली आज नेपाल आउँदै छ ।

टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको एक उच्चस्तरीय टोली काठमाडौं आउन लागेको हो नेपाल स्थित चिनिया राजदुतावासले जनाएको छ ।सो टोली आजै दिउँसो काठमाडौं आइपुग्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजनको अवस्थामा रहेका बेला चिनियाँ टोली उच्चस्तरीय भ्रमण गर्न लागेको हो । उपमन्त्री कुओ नेतृत्वको ४ सदस्यीय टोली नेपालमा ४ दिन रहनेछ ।

चार दिने नेपाल बसाइँका क्रममा टोलीले नेकपाका शीर्ष नेताहरुसँग भेटघाट गर्ने बुझिएको छ ।

नेकपामा विभाजन आएपछि चिनियाँ कम्युनिष्ट पार्टीले चासो र चिन्ता व्यक्त गर्दै विवाद समाधान गर्न पहल गर्दै आएको छ ।

यस अघि नेपालका लागि चिनिया राजदुत यान्छीले पनि निकै चासो देखाई विवाद मिलाउन पहल गरेकीथिइन् ।

नेकपाको धरान–१६ मा निर्वाचन परिचालन कार्यालय उद्घ

छाल खवर धरान,१४ माघः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धरान– १६मा न ...

एमाले सुनसरी–१ मा ७०७ निर्वाचन परिचालन कमिटी घोषण

छाल खवरधरान,१४ माघः नेकपा एमाले सुनसरी क्षेत्र नं १ ले ७०७ सदस्यीय निर्वाचन ...

सुनसरी क्षेत्र नम्वर १ मा निर्वाचन तयारी तीव्र– नि

छाल खवर धरान,१३ माघः निर्वाचन अधिकृतको कार्यालय सुनसरी १ ले सुनसरी क्षेत्र ...

बहुमत ल्याउन सक्रिय हुन पार्टी सदस्यहरुलाई अध्यक्ष

छाल खवर धरान,११ माघः नेकपा एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी चुन ...

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic