मेयर साम्पाङबाट पत्रकारहरु असुरक्षित भएको भन्दै सुरक्षा माग सुनसरीका पत्रकारद्धारा गृहमन्त्रीलाई ज्ञापन पत्र

  • वैशाख २९, २०८०
  • ५,८६५ पटक पढिएको
  • छाल खबर
alt

खेमबहादुर माझी
धरान,२९ वैशाखः नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाईमा सुनसरीका पत्रकारहरुले शान्ति सुरक्षाको माग गदै गृहमन्त्रालयमा ज्ञापन पत्र वुझाएकाछन् ।

महासंघले धरानका नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ) द्धारा पत्रकारहरु असुरक्षित रहेको भन्दै सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रालयमा ज्ञापन पत्र वुझाएका हुन् ।

महासंघका केन्द्रीय सदस्यहरु, प्रदेश र जिल्ला नेतृत्वको टोलीे जिल्ला प्रशासन कार्यालय इनरुवा पुगेर प्रजिअ हुमकला पाण्डेमार्फत गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष शान्ति सुरक्षा माग गरेको थियो ।

मेयर साम्पाङ र उनका समर्थकहरुले पत्रकारले प्रश्न सोधेको र समाचार लेखेकै आधारमा पत्रकारविरुद्ध अराजकरुपमा प्रस्तुत भइरहेकोले असुरक्षित महशुस भएको महासंघको भनाई छ ।

महासंघद्धारा वुझाईको माग पत्रमा पत्रकारलाई निशाना बनाएर मेयर साम्पाङले दिएको अभिव्यक्ति पनि संवेदनशील भएको उल्लेख गरीएको छ छ ।

स्थानीय सरकार प्रमुखको दायित्व जनताको जिउधनको सुरक्षा गर्ने भएपनि धरानका पत्रकारहरुले भने असुरक्षा महशुस गरेको प्रजिअमार्फत गृहमन्त्रीलाई पठाएको पत्रमा लेखिएको छ ।

मेयर साम्पाङलाई पत्रकार महासंघ सुनसरीले प्रेस प्रति आफ्नो धारणा सार्वजनिक गर्न माग गर्दै तीन दिने ध्यानाकर्षण पत्र समेत वुझाएका थिए । तर साम्पाङले विना सम्वोधनको पत्र सामाजिक सञ्चालमा पोष्ट गर्दै थप धम्कीपूर्ण शव्द सहितको पोष्ट गरेका थिए ।

ज्ञापन पत्र सहित महासंघले ६ दिने आन्दोलन कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

ज्ञापन पत्र वुझ्दै सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गृहमन्त्रालयमा तत्काल पठाईदिने वताएकीथिइन ।

 

 

 

वंशावली लेखनमा ISBN र Copyright अधिकारका कुराहरू

हाल लिम्बू समुदायमा वंशाली लेख्ने, छपाउने र बाँड्ने काम एउटा प्राज्ञिक काम ...

राष्ट्रिय फुटबल खेलाडी मिलन सम्मानित

छाल खवर धरान,१७ जेष्ठ ः फुटबल खेलमा योगदान गरेवापत राष्ट्रिय खेलाडी मिलन रा ...

पूर्वेलीले चुम्याे हाम्रो धरान भेट्रानको उपाधि

छाल खवर धरान,१७ जेष्ठः धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प् ...

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic