भ्वाइसअफ युथद्वारा क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम

  • फागुन ४, २०८०
  • २,९५४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ फागुनः भ्वाईस अफ युथ बिजयपुरले शुक्रवार क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

क्लवले केन्द्रिय प्रबिधि क्याम्पस हात्तिसारको सभा हलमा बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठनका क्यान्सर रोग विशेषज्ञ डा.सोनिया दुलालले बिशेष गरि महिलाहरुमा हुने पाठेघरको क्यान्सरका लक्षण र रोकथामबारे युवाहरुलाई सचेतनामुलक जानकारी दिएकी थिइन ।

क्यान्सरको जीवाणु लाग्नु अगाडि नै भ्याक्सिन लगाएमा क्यान्सरबाट बच्न सकिने डा.दुलालले जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेस सभाका साम्सद यसोदा कायस्थले आगामी दिनमा क्यान्सर सम्बन्धि समस्यालाई प्रदेस सभामा ससक्त रुपले कुरा उठाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

धरान उप(महानगरपालिका वडा नम्बद १४ का अध्यक्ष कृष्ण प्रसाद भट्टराईले स्वास्थ्य सम्बन्धि यस्ता सचेतनामुलक कार्यक्रम आवस्यक भएकाले आगामी दिनमा वडाको तर्फबाट सकेको सहयोग हुने बताउनु भयो।

जबसम्म हामी स्वस्थ रहदैनौ तब सम्म हामीले गर्ने कामहरु स्वस्थ रुपले सन्चालन हुन नसक्ने भएकाले भोइस अफ युथले क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम गरेको अध्यक्ष सुरेन्द्र घिमिरेले बताउनु भयो।

कार्यक्रममा बाल सन्जाल धरानका पुर्ब अध्यक्ष एनिस रेग्मी, दन्तकाली मा बि का विद्यार्थी, शिक्षक, हात्तिसार क्याम्पसका विद्यार्थी लगायत युवाहरु सहभागी थिए।

पूर्वेलीले चुम्याे हाम्रो धरान भेट्रानको उपाधि

छाल खवर धरान,१७ जेष्ठः धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प् ...

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic