विपी प्रतिष्ठानको परिक्रमा लोकार्पण, हार्डजोनीसहित तीन विभागलाई उत्कृष्ठ विभागको सम्मान

  • फागुन ५, २०८०
  • ३,२७२ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,५ फागुन ः विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको परिक्रमा विद्यार्थी परिवारले परिक्रमा पुस्तकको शनिवार लोकार्पण गरेको छ ।

वार्षिक रुपमा प्रकाशन गर्दै आएको परिवारले यस वर्ष २६औं कार्यकारिणी समितिले सो पुस्तक शनिवार एक कार्यक्रमकावीच लोकापर्ण गरेको हो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिवकुमार शर्माले पुस्तकको लोकार्पण गर्नु भएको थियो ।

सो अवसरमा नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा तथा इन्ट्रनसिप लगायतका साढे सात वर्षे स्नातक अध्ययन पुरा गरेर स्वतन्त्र अभ्यासका लागि तयार भएका सन् २०१७ व्याजका एमविविएस र विडिएसका जनशक्तिहरुलाई विदाईसमेत गरिएको छ ।

परिक्रमाका अध्यक्ष सुमित धमालाले क्लिनिकल र आधारभूत विज्ञान तथा डेण्टल तर्फको उत्कृष्ठ विभाग पहिचान गरि सम्मान गरिएको जानकारी दिनुभयो ।

प्रतिष्ठानको उत्कृष्ठ सेवा दिने र अध्ययन अध्यापनमा अब्बल विभागको रुपमा हार्डजोर्नी विभाग, यस्तै बेसिक साइन्स तर्फ माइक्रोबायोलोजी विभाग र डेन्टल तर्फ ओरल एन्ड म्याक्जिलो फेसियल सर्जरी बिभागलाई उत्कृष्ठ विभागको रुपमा सम्मान गरिएको हो ।

हार्डजार्नी विभागका विभागीय प्रमुख प्राडा। विक्रम श्रेष्ठ र हाडजोर्नी सर्जन उप प्रध्यापक डा. रोसनप्रसाद कलवार साहले ग्रहण गर्नु भएको छ ।

माइक्रोवाइलोजीको तर्फबाट डा। नारायण भट्टराई र डेन्टल विभागको तर्फबाट डा. मेहुल जैसानी सम्मान ग्रहण गर्नु भएको थियो ।

सोही अवसरमा डेन्टल विभागका सर्जन डा. अशोक ऐरलाईसमेत सम्मान गरिएको थियो । प्रतिष्ठानका शैक्षिक तथा उपचार सेवामा उत्कृष्ठ सेवा गरे बापत सम्मान गरिएको हो ।

हल अफ फेमुको रुपमा उहाँलाई सम्मान गरिएको हो । यो सम्मान सबैले पाउदैंन् । प्राडा। सिएस अग्रवाल, डा। भूपेन्द साह, डा। रामशरण मेहताले यो सम्मान पाउनु भएको छ ।

परिक्रममा यहाँ पढ्ने विद्यार्थीहरुको साहित्यक तथा अतिरिक्त क्रियाकलपाको सर्वाङ्गिन बिकासको लागि खोलिएको विद्यार्थीहरुको परिवार हो । बार्षिक रुपमा यसले प्रतिष्ठानका विभिन्न विभागहरुले गरेको कामको मूल्याङकल तथा विद्यार्थीहरुको क्षमता, कार्यकौशलता समेटेर पुस्तक प्रकाशन गदैं आएको छ ।

यो बर्ष ३२४ पृष्ठको विविध विषयलाई समेटेर परिक्रम पुस्तक प्रकाशन गरेको छ । नेपाल चिकित्सक संघ धरान सुनसरी शाखा अध्यक्ष डा। रोसन कलवार, प्रतिष्ठानका प्राध्यापक, चिकित्स विद्यार्थीहरुलगायतको उपस्थिति रहेको थियो ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic