विपी प्रतिष्ठानको परिक्रमा लोकार्पण, हार्डजोनीसहित तीन विभागलाई उत्कृष्ठ विभागको सम्मान

  • फागुन ५, २०८०
  • ३,३३९ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,५ फागुन ः विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको परिक्रमा विद्यार्थी परिवारले परिक्रमा पुस्तकको शनिवार लोकार्पण गरेको छ ।

वार्षिक रुपमा प्रकाशन गर्दै आएको परिवारले यस वर्ष २६औं कार्यकारिणी समितिले सो पुस्तक शनिवार एक कार्यक्रमकावीच लोकापर्ण गरेको हो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिवकुमार शर्माले पुस्तकको लोकार्पण गर्नु भएको थियो ।

सो अवसरमा नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा तथा इन्ट्रनसिप लगायतका साढे सात वर्षे स्नातक अध्ययन पुरा गरेर स्वतन्त्र अभ्यासका लागि तयार भएका सन् २०१७ व्याजका एमविविएस र विडिएसका जनशक्तिहरुलाई विदाईसमेत गरिएको छ ।

परिक्रमाका अध्यक्ष सुमित धमालाले क्लिनिकल र आधारभूत विज्ञान तथा डेण्टल तर्फको उत्कृष्ठ विभाग पहिचान गरि सम्मान गरिएको जानकारी दिनुभयो ।

प्रतिष्ठानको उत्कृष्ठ सेवा दिने र अध्ययन अध्यापनमा अब्बल विभागको रुपमा हार्डजोर्नी विभाग, यस्तै बेसिक साइन्स तर्फ माइक्रोबायोलोजी विभाग र डेन्टल तर्फ ओरल एन्ड म्याक्जिलो फेसियल सर्जरी बिभागलाई उत्कृष्ठ विभागको रुपमा सम्मान गरिएको हो ।

हार्डजार्नी विभागका विभागीय प्रमुख प्राडा। विक्रम श्रेष्ठ र हाडजोर्नी सर्जन उप प्रध्यापक डा. रोसनप्रसाद कलवार साहले ग्रहण गर्नु भएको छ ।

माइक्रोवाइलोजीको तर्फबाट डा। नारायण भट्टराई र डेन्टल विभागको तर्फबाट डा. मेहुल जैसानी सम्मान ग्रहण गर्नु भएको थियो ।

सोही अवसरमा डेन्टल विभागका सर्जन डा. अशोक ऐरलाईसमेत सम्मान गरिएको थियो । प्रतिष्ठानका शैक्षिक तथा उपचार सेवामा उत्कृष्ठ सेवा गरे बापत सम्मान गरिएको हो ।

हल अफ फेमुको रुपमा उहाँलाई सम्मान गरिएको हो । यो सम्मान सबैले पाउदैंन् । प्राडा। सिएस अग्रवाल, डा। भूपेन्द साह, डा। रामशरण मेहताले यो सम्मान पाउनु भएको छ ।

परिक्रममा यहाँ पढ्ने विद्यार्थीहरुको साहित्यक तथा अतिरिक्त क्रियाकलपाको सर्वाङ्गिन बिकासको लागि खोलिएको विद्यार्थीहरुको परिवार हो । बार्षिक रुपमा यसले प्रतिष्ठानका विभिन्न विभागहरुले गरेको कामको मूल्याङकल तथा विद्यार्थीहरुको क्षमता, कार्यकौशलता समेटेर पुस्तक प्रकाशन गदैं आएको छ ।

यो बर्ष ३२४ पृष्ठको विविध विषयलाई समेटेर परिक्रम पुस्तक प्रकाशन गरेको छ । नेपाल चिकित्सक संघ धरान सुनसरी शाखा अध्यक्ष डा। रोसन कलवार, प्रतिष्ठानका प्राध्यापक, चिकित्स विद्यार्थीहरुलगायतको उपस्थिति रहेको थियो ।

दोस्रो केरावारी गोरखा रनको उपाधि अमिर लिम्वूलाई

छाल खवर धरान,१ जेष्ठ ः दोस्रो गोर्खा केरावारी रनको उपाधि अमिर लिम्वूले हात ...

धरानका संस्थागत विद्यालयहरूको एसईई नतिजा ९३.४४ प्र

छाल खवर धरान,१ जेष्ठः धरान उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरू म ...

एस.ई.ईमा उत्कृष्ट सहित शतप्रतिशत नतिजा निकाल्द

छाल खवर धरान,३१ वैशाखः हिविस्कस इङलिस वोडिङ स्कुल धरान–१५ ले माध्यमिक ...

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic