४ करोड कारोवार नभएको एक्स्पो नामको मेलामा १२ करोडको भ्रम

  • फागुन २५, २०८०
  • १०,४४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५फागुनः सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा धरानमा संचालन भएको धरान एक्स्पो नामको मेला धरानवासीलाई भ्रम छर्दै सम्पन्न भएको छ ।

फागुन ११ गतेबाट सुरु भएको ‘धरान एक्स्पो २०८०’ नामको मेलामा १२ करोडको कारोवार भएको भन्दै भ्रम छर्दै सकिएको हो ।

वास्तविक कारोवार करिव पुग नपुग ४ करोड जतिको मात्र भएपनि आयोजकले समापन समारोहमा १२ करोड कारोवार भएको भनेर भ्रम छर्न समेत भ्याएका थिए ।

धरान रङ्गशालामा १३ दिनसम्म सञ्चालन भएको एक्स्पो नामको मेलामा आयोजकले ५ लाख दर्शकले अवलोकन गरेको र करिब १२ करोड कारोबार भएको दाबी गर्न समेत भ्याएको थियो ।

मेला नचलेर व्यवसायीहरु निरास वनेको मेलामा आयोजकले १२ करोडको कारोवारको प्रचार गरेको सुन्दा उद्योगी व्यवासयी आश्चार्यमा परेकाछन् ।

एक्स्पो मूल आयोजक समितिका संयोजक गोपाल श्रेष्ठले एक्स्पो यस क्षेत्रका लागि एक पहिचान र उत्सव बनेको बताए । उनले एक्स्पोमा सङ्घले राखेको ५ लाख दर्शकको अवलोकन र १० करोड बढीको कारोबारको लक्ष्य पूरा भएको भन्दै खुसी व्यक्त गर्न भ्याए ।

स्टलका एक व्यवसायीले भने १२ करोडको कारोवार हुनको लागि दिनको १ करोडको कारोवार हुनुु पर्दछ । आर्थिक मन्दी भएको वेलामा कसरी त्यतिका कारोवार भयो यो सुन्दै कल्पना गर्न नसकिने कुरा हो । उद्योग वाणिज्य संघ जस्तो संस्थाले यस्तो भ्रमित वनाउने कुरा नगर्दा राम्रो हुने उनको सुुझाव रहेको छ ।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीमार्फत उद्घाटन गरिएको एक्स्पोलाई कोशी प्रदेशका सांसद रमेश बस्नेतको प्रमुख आतिथ्यमा समापन गरिएको हो ।

त्यसैगरी, एक्स्पो समापनका प्रमुख अतिथि तथा कोशी प्रदेशका सांसद रमेश बस्नेतले रैथाने उत्पादनलाई प्राथमिकता दिएर थप व्यवस्थित र विशेष आकर्षक बनाएको उल्लेख गर्दै वाणिज्य सङ्घले यस क्षेत्रको आर्थिक विकासमा खेलेको भूमिकालाई कसैले विर्सन नहुने बताए ।

आथिक कारोवार सुन्य भएको अवस्थामा मेलामा १२ करोड कारोवार भएको भनेर प्रचार गर्न लज्जास्पद र हास्यास्पद भएको मेलामा स्टल राखेका एक व्यवसायीको भनाई रहेको छ ।
सुनसरी उद्योग वाणिज्य संघ व्यानरको मात्र आयोजकको रुपमा रहेको थियो । संचालक भने २५ लाखमा ठेक्का दिइएको थियो । आयोजकले मेलालाई सस्तो र सुलभ वनाउन चाहेपनि ठेकेदारले २ सय रुपैया गेटमा शुल्क लिएको थियो ।

दिनभर निःशुल्क प्रवेश भनेर आयोजकले प्रचार गरेता पनि मेलाको सामान्य चहल पहल हुने समय वेलुका ४ वजेदेखि नै दशै मेला जस्तो महंगो शुल्क गेटमा लिने गरेको थियो ।

जनता समाजवादी पार्टीको दुइ दिने प्रशिक्षण सम्पन्न

छाल खवर धरान,५ जेष्ठः जनता समाजबादी पार्टीले प्रदेश १ समितिले दुइदिने अगुवा ...

एसईईमा उर्तीण ४४ विद्यार्थीलाई सुनाखरी एकेडेमीद्धा

छाल खवर धरान,५ जेष्ठः सुनाखरी एकेडेमी धरानले एस.ई.ई–२०८२ मा उत्तीर्ण ...

एम्स एकेडेमीद्धारा २५ विधामा छात्रवृत्ति घोषणा

छाल खवर धरान,५ एम्स एकेडेमी धरानले कक्षा ११ मा विज्ञान संकायका लागि २५ भन्द ...

प्राइम भिजनका विद्यार्थीद्वारा ‘नेशनल कुलिनरी च्या

छाल खवर धरान,५ जेष्ठः प्राइम भिजन इन्टरनेशनल कलेजका विद्यार्थीद्वारा राष्ट ...

दोस्रो केरावारी गोरखा रनको उपाधि अमिर लिम्वूलाई

छाल खवर धरान,१ जेष्ठ ः दोस्रो गोर्खा केरावारी रनको उपाधि अमिर लिम्वूले हात ...

धरानका संस्थागत विद्यालयहरूको एसईई नतिजा ९३.४४ प्र

छाल खवर धरान,१ जेष्ठः धरान उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरू म ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic