सार्वजनिक रुपमा संचार माध्यमलाई गाली गलौज गर्ने वीपीका डाक्टर प्रहरी नियन्त्रणमा

  • फागुन २९, २०८०
  • ९७२ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२९ फागुन ः सार्वजनिक स्थलमा हुल सहित लिएर संचारमाध्यम र संचारकर्मीलाई गाली वेइज्याति गर्ने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टर रोशन कलवारलाई प्रहरीले पक्राउ गरेका छ ।

डाक्टर कलवारले प्रतिष्ठानको नियमावलि विपरीत कार्यगरेको विषयमा संचार माध्यमले समाचार प्रकाशित गरेपछि कलवार मंगलवार साझ केही .सहयोगीका साथ भानुचोकमा आएर गाली गलौजमा उत्रिएपछि प्रहरीले पक्राउ गरेको हो ।

कलवारले प्रतिष्ठानको नियमावलि विपरीत प्रतिष्ठान कै गेट अगाडी टाडा डाइनोष्ट्रिक सेन्टर संचालन गर्दै आएकाछन् ।

प्रतिष्ठानमा कार्यरत डाक्टरहरुले प्रतिष्ठान वाहिर कुनैपनि ठाउमा गएर मेडीकल सम्वन्धि काम गर्न नपाइने व्यवस्था रहेको छ । तर कलवारले प्रतिष्ठान नै चुनौति दिदै सेन्टर संचालन गरेकाछन् ।

सोही विषयमा धरानबाट प्रकाशित हुने व्लाष्ट टाइम्स दैनिक र कपुरी न्युजले समाचार प्रकाशित गरेको थियो ।

कलवारले समाचार लेख्ने पत्रकार र संचार माध्यमको फोटो राखेर फेसवुकमा नियमित पोष्ट गर्ने गरेका थिए । व्यानरमा फोटो राखेर कार्यक्रम गर्दै गरेका थिए ।

सोही क्रममा प्रहरीसंग विवाद गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
कलवारले प्रतिष्ठानको नियम विपरीत कार्य गरेको भन्दै कार्वाही प्रकृया अघि वढाईसकेको वीपी प्रतिष्ठनका उपकुलपति डा ज्ञानेन्द्र गिरीले जनाएकाछन् ।

 

वंशावली लेखनमा ISBN र Copyright अधिकारका कुराहरू

हाल लिम्बू समुदायमा वंशाली लेख्ने, छपाउने र बाँड्ने काम एउटा प्राज्ञिक काम ...

राष्ट्रिय फुटबल खेलाडी मिलन सम्मानित

छाल खवर धरान,१७ जेष्ठ ः फुटबल खेलमा योगदान गरेवापत राष्ट्रिय खेलाडी मिलन रा ...

पूर्वेलीले चुम्याे हाम्रो धरान भेट्रानको उपाधि

छाल खवर धरान,१७ जेष्ठः धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प् ...

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic