धरान खेलकुद मञ्चद्धारा विभिन्न विधामा अवार्ड प्रदान

  • जेठ १८, २०८१
  • ७,६४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ जेठ ःधरान खेलकुद मञ्चले धरान क्षेत्रमा रहेर खेलकुद क्षेत्रमा योगदान पु¥याउने खेलाडीहरुलाई सम्मान तथा अवार्ड प्रदान गरेको छ ।

मञ्चले धरान स्पोर्टस लाईभ एचिभमेन्ट अवार्डबाट २ जना र खेलकुद विधामा योगदान पु¥याएका ४ जनालाई सम्मान गरेको हो ।

धरान स्पोर्टस लाईभ एचिभमेन्ट अवार्डबाट २ जना लिजेण्ड व्यक्तित्वहरु टेबलटेनिस तर्फबाट राजेशमान श्रेष्ठ र एथ्लेटिक्स विधा तर्फबाट गीता थापामगरलार्ई प्रदान गरिएको छ । उनीहरुलाई ११÷११ हजार नगद सहित सम्मान–पत्र र प्रदान गरिएको थियो ।

खेल क्षेत्रका स्टार खेलाडीहरूलाई उनीहरूको खेल प्रतिभा, उपलब्धि र योगदानको आधारमा बेष्ठ कोच किरण लामा,वर्ष खेलाडी सिद्धान्त तामाङ ,महिला वष खेलाडी दिपिका आचार्जु घोषित भए । उनीहरुले २५÷२५ हजार नगद सहित सम्मान गरीएको थियो ।

त्यसैगरी पपुलर राईजिङ प्लेयर सिमोन लिम्बु (आमोस) घोषित भए उनले ११ हजार ५ सय नगद सहित सम्मान–पत्र प्राप्त गरे ।

कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई उपस्थित नभए पश्चात अवार्ड तथा सम्मान कार्यक्रम ,प्याराग्लाईडिङ संघका अध्यक्ष भुपाल चाम्लीङ राई र १,८का वडाअध्यक्ष नरेन्द्र कुमार राई (प्रविन) ले अवार्ड वितरण गरेका थिए । सक्रिय खेल जीवन बिताईरहेकाहरुलाई अवार्ड’ प्रदान गरिएको थियो ।

उक्त अवार्डको लागि कुल १४ जना मध्येबाट ६ जना मनोनयनमा परेका थिए । अवार्डका लागि गठित छनौट समितिका सदस्य सुधीर सिंह लिम्बुका अनुसार पहिलो चरणमा ६ जना फिमेल र ८ जना मेल खेलाडीको नाम मनोनयनमा परेको र दोस्रो चरणको मनोनयनमा परेका ६ जना मध्येबाट २ जनालाई आज शुक्रबार अवार्ड वितरण गरेका हुन ।

बेस्ट प्लेयर अफ द इयर अवार्ड’का लागि छनौट समितिले मापदण्ड निर्धारण गरी सिफारीस गरेको थियो । ‘
मञ्च अध्यक्ष किशोर राईले धरानको खेलकुद इतिहासमा पहिलो पटक खेलाडीलाई सम्मान गर्ने परम्पराको सुरुवात गरेको बताए । उनले सममान तथा अवार्ड कार्यक्रमलाई निरन्तरता प्रदान गरिने बताए ।

मञ्चले खेलकुदको विकासका लागि धरान उपमहानगरपालिका, खेलकुद सम्बद्ध सङ्घ संस्थाहरूलाई समन्वय र सहकार्य गरी खेलाडीलाई व्यावसायिक रूपमा अघि बढाउन र खेल क्षेत्रलाई प्रोत्साहित गर्न अभियान सुरु गरेको बताए ।

उनले उपमहानगरपालिकाले गर्ने कार्यक्रम मञ्चले गर्दा समेत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ उपस्थित नहुनुले खेल क्षेत्र र खेलाडीहरुलाई अपमान गरेको बताए ।

मञ्चले खेलक्षेत्रमा योगदान दिएका खेलाडीहरुलाई मात्र नभएर संचार क्षेत्रबाट खेलकुदको विकासमा योगदान दिनेहरुको लागि खेलकुद मिडिया अवार्ड समेत सम्पन्न गरीसकेको छ ।
किशोर राई अध्यक्षमा निर्वाचित भएपश्चात मञ्चले थप गति लिएको छ ।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic