धरान खेलकुद मञ्चद्धारा विभिन्न विधामा अवार्ड प्रदान

  • जेठ १८, २०८१
  • ७,७०९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ जेठ ःधरान खेलकुद मञ्चले धरान क्षेत्रमा रहेर खेलकुद क्षेत्रमा योगदान पु¥याउने खेलाडीहरुलाई सम्मान तथा अवार्ड प्रदान गरेको छ ।

मञ्चले धरान स्पोर्टस लाईभ एचिभमेन्ट अवार्डबाट २ जना र खेलकुद विधामा योगदान पु¥याएका ४ जनालाई सम्मान गरेको हो ।

धरान स्पोर्टस लाईभ एचिभमेन्ट अवार्डबाट २ जना लिजेण्ड व्यक्तित्वहरु टेबलटेनिस तर्फबाट राजेशमान श्रेष्ठ र एथ्लेटिक्स विधा तर्फबाट गीता थापामगरलार्ई प्रदान गरिएको छ । उनीहरुलाई ११÷११ हजार नगद सहित सम्मान–पत्र र प्रदान गरिएको थियो ।

खेल क्षेत्रका स्टार खेलाडीहरूलाई उनीहरूको खेल प्रतिभा, उपलब्धि र योगदानको आधारमा बेष्ठ कोच किरण लामा,वर्ष खेलाडी सिद्धान्त तामाङ ,महिला वष खेलाडी दिपिका आचार्जु घोषित भए । उनीहरुले २५÷२५ हजार नगद सहित सम्मान गरीएको थियो ।

त्यसैगरी पपुलर राईजिङ प्लेयर सिमोन लिम्बु (आमोस) घोषित भए उनले ११ हजार ५ सय नगद सहित सम्मान–पत्र प्राप्त गरे ।

कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई उपस्थित नभए पश्चात अवार्ड तथा सम्मान कार्यक्रम ,प्याराग्लाईडिङ संघका अध्यक्ष भुपाल चाम्लीङ राई र १,८का वडाअध्यक्ष नरेन्द्र कुमार राई (प्रविन) ले अवार्ड वितरण गरेका थिए । सक्रिय खेल जीवन बिताईरहेकाहरुलाई अवार्ड’ प्रदान गरिएको थियो ।

उक्त अवार्डको लागि कुल १४ जना मध्येबाट ६ जना मनोनयनमा परेका थिए । अवार्डका लागि गठित छनौट समितिका सदस्य सुधीर सिंह लिम्बुका अनुसार पहिलो चरणमा ६ जना फिमेल र ८ जना मेल खेलाडीको नाम मनोनयनमा परेको र दोस्रो चरणको मनोनयनमा परेका ६ जना मध्येबाट २ जनालाई आज शुक्रबार अवार्ड वितरण गरेका हुन ।

बेस्ट प्लेयर अफ द इयर अवार्ड’का लागि छनौट समितिले मापदण्ड निर्धारण गरी सिफारीस गरेको थियो । ‘
मञ्च अध्यक्ष किशोर राईले धरानको खेलकुद इतिहासमा पहिलो पटक खेलाडीलाई सम्मान गर्ने परम्पराको सुरुवात गरेको बताए । उनले सममान तथा अवार्ड कार्यक्रमलाई निरन्तरता प्रदान गरिने बताए ।

मञ्चले खेलकुदको विकासका लागि धरान उपमहानगरपालिका, खेलकुद सम्बद्ध सङ्घ संस्थाहरूलाई समन्वय र सहकार्य गरी खेलाडीलाई व्यावसायिक रूपमा अघि बढाउन र खेल क्षेत्रलाई प्रोत्साहित गर्न अभियान सुरु गरेको बताए ।

उनले उपमहानगरपालिकाले गर्ने कार्यक्रम मञ्चले गर्दा समेत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ उपस्थित नहुनुले खेल क्षेत्र र खेलाडीहरुलाई अपमान गरेको बताए ।

मञ्चले खेलक्षेत्रमा योगदान दिएका खेलाडीहरुलाई मात्र नभएर संचार क्षेत्रबाट खेलकुदको विकासमा योगदान दिनेहरुको लागि खेलकुद मिडिया अवार्ड समेत सम्पन्न गरीसकेको छ ।
किशोर राई अध्यक्षमा निर्वाचित भएपश्चात मञ्चले थप गति लिएको छ ।

राष्ट्रिय फुटबल खेलाडी मिलन सम्मानित

छाल खवर धरान,१७ जेष्ठ ः फुटबल खेलमा योगदान गरेवापत राष्ट्रिय खेलाडी मिलन रा ...

पूर्वेलीले चुम्याे हाम्रो धरान भेट्रानको उपाधि

छाल खवर धरान,१७ जेष्ठः धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प् ...

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic