एसईई आईडलका अन्तिम प्रतियोगि रबिन्द्र श्रेष्ठलाई नवोदय बोर्डिङमा सम्मान

  • जेठ २७, २०८१
  • ४,५४४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ जेष्ठ ःफक्ताङ्लुङ मिडिया हाउस प्रालिद्वारा आयोजित कोशी प्रदेस स्तरीय एसईई आईडल–२०२४ का उत्कृष्ट प्रतियोगि रबिन्द्र श्रेलाई आईतबार एसईई दिएको धरान–१६ स्थित नबोदय बिद्या मन्दिर बोर्डिङले सम्मान गरेको छ।

धरान(१६ का वडा अध्यक्ष मुरारी भट्टराई, स्कुलका प्रोग्राम इन्चार्ज निरकुमार राईले रबिन्द्रलाई फाईनलमा पुग्न सफल भएकोमा अबिर र खदा लगाएर सम्मान गर्दै जितको लागि शुभकामना दिए।श्रेष्ठ नवोदय स्कुलबाट एसईई दिएका थिए ।

१६ नम्बर वडाबाट एक मात्र प्रतिष्पर्धी एसईई आईडलको फाईनलमा पुग्न सफल भएकोमा खुशी ब्यक्त गर्दै वडाको तर्फबाट सक्दो सहयोग गर्ने वडा अध्यक्ष भट्टराईले बताए।रबिन्द्रले गीत प्रस्तुत गर्नुका साथै आफुलाई भोट गरेर जिताउन सबैसङ्ग आग्रह गरे।

आफुलाइक भोट गर्नको लागि मोबाएलमा khalti apps download वा open गरि voting मा click गरि SEE Idol-2024 मा गएर SEE singing Idol click गरि भोट गर्न सकिने उनले जानकारी गराए।

स्कुलले रबिन्द्र श्रेष्ठलाई जिताउ नामक ब्यानर सहित बाताबरण मिलाई दिए पछि रबिन्द्रलाई यो अवसर जुरेको हो। रबिन्द्रले गीत प्रस्तुत गर्दा स्कुलका शिक्षक र बिद्यार्थीहरुले तालीले साथ दिएका थिए।

एसईईआईडलका निर्देशक राम लिम्बुले स्कुललाई बधाई दिदै भोट गर्ने तरिका सहित फाईनल कार्यक्रमको बारेमा जानकारी दिए।

कार्यक्रमको सन्चालन बिद्यालयका शिक्षिका दिब्या सोनाम झाले गरिन।
एसईईआईडलको फाईनल आगामी असार–७ गते शुक्रवार धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा हुने आयोजकले जनाएको छ।

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic