पिताको स्मृतिमा रंगकर्म पुरस्कारका लागि अक्षयकोष स्थापना

  • असार ८, २०८१
  • २,३३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८असारः नेपाल पत्रकार महासङ्घका सुनसरी जिल्ला अध्यक्ष जनकऋषि राईले आफ्नो पिताको स्मृतिमा अक्षयकोष स्थापना गरेकाछन् ।

अध्यक्ष राईले पिता स्व. लक्ष्मण राईको स्मृतिमा रङ्गकर्मी पुरस्कारका लागि १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन ।

कोषको सञ्चालन धरान स्थित रङ्गभूमि एकेडेमीले गर्ने गरी दुवै पक्षलेृ हस्ताक्षर समेत गरेकाछन् ।

अक्षयकोषको रकमबाट आउने व्याज रकमबाट ‘लक्ष्मण स्मृति रंगकर्म सम्मान र पुरस्कार’ प्रदान गर्न एकेडेमीसँग परिवारले ७ बुँदाको सम्झौता गरेका छन् ।

संस्थापक जनक ऋषिको परिवारको उपस्थितिमा शुक्रवार बिहान आयोजित पत्रकार सम्मेलन बिच रंगभूमि एकेडेमीका अध्यक्ष विष्णु मोक्तानसँग सम्झौता पत्रमा हस्ताक्षर गरी आदान प्रदान गरीएको थियो ।

‘लक्ष्मण स्मृति रंगकर्म अक्षय कोष’को व्याज रकमबाट एकेडेमीले प्रत्येक वर्ष रङकर्मीलाई सम्मानरपुरस्कार प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

अक्षयकोषमा अन्य श्रोतबाट रकम थप्न सकिने व्यवस्था छ । सम्झौताको अवसरमा धरान वडा १७ का अध्यक्ष मनोज भट्टराईले १५ हजार रुपैयाँ थप गरेका थिए ।

जनक ऋषिका पिता लक्ष्मण राई पेसाले शिक्षकका साथै धरानका क्रियाशील रङ्गकर्मी थिए । २०५० को दशकमा उनले भातृभाषामा ‘लाम लाम्सा’ नाटक लेखेर मञ्चन समेत गराएका थिए ।

छोरा जनकऋषि स्वयं पनि नाटक लेखक हुन् । पछिल्लो समय उनले लेखेको नाटक ‘कुमार मामा’ धरानमा निकै दिन चलेको थियो ।

अक्षयकोष घोषणाको अवसरमा उनले भने, ‘बुवाको रंगकर्म प्रति रुझानलाई सम्मान गर्दै उनको स्मृतिमा अक्षयकोष स्थापना गरिएको हो ।’ उनले यसबाट धरानमा रंगकर्मको विकास र रङकर्मीलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।

रङ्गभूमिका अध्यक्ष तामाङले अक्षयकोष सञ्चालनको जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्दै धरानको रङ्गमञ्चमा अक्षयकोष स्थापनाले नयाँ हौसला प्रदान गरेको बताए ।

रंगकर्मको क्षेत्रमा लाग्नेहरुलाई थप प्रोत्साहन मिल्ने अध्यक्ष मोक्तानको भनाई रहेको छ ।

 

 

राष्ट्रिय फुटबल खेलाडी मिलन सम्मानित

छाल खवर धरान,१७ जेष्ठ ः फुटबल खेलमा योगदान गरेवापत राष्ट्रिय खेलाडी मिलन रा ...

पूर्वेलीले चुम्याे हाम्रो धरान भेट्रानको उपाधि

छाल खवर धरान,१७ जेष्ठः धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प् ...

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic