कुशुम र डीनाले हात पारे एसईई आइडलको ताज

  • असार ९, २०८१
  • ७,०४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९असार ःशिक्षाका लागि संगीत भन्ने मुल नाराका साथ आयोजित कोशि प्रदेस स्तरीय एसईई आईडल–२०२४ को फाईनलमा गायन र नृत्यको ताज कुशुम माझी र डीना चोङबाङले हात पार्न सफल भएकाछन् ।

IDEL WINNER = 2 फक्ताङ्लुङ मिडिया हाउस प्रा।लि।द्वारा संचालित एफटिएल अनलाईन टिभिको आयोजनामा सम्पन्न कोशि प्रदेस स्तरीय एसईई –२०२४ को ताज कुशुम माझी र डीना चोङबाङले ताज हात पर्न सफल वनेका हुन ।

चुम्लुङ भवनमा शुक्रवार सम्पन्न फाइनलमा धरान आदर्श बोर्डिङ माबिकि कुशुम माझी र मेरील्याण्ड इङ्लिस बोर्डिङ स्कुलकी डीना चोङबाङ पब्लिक चोइसको उपाधी सहित बिजेता बनेका हुन।

गायनतर्फ सुनाखरी एकेडमीका अनिस राई फष्ट रनर अप बन्न सफल भएका थिए भने नेपाल पुलिस स्कुलकी निरुपा सारु मगर सेकेण्ड रनर अप भइन ।

प्रतियोगितामा निजामती रेसिडेन्सियल स्कुल धनकुटाका सुजल थापा थर्ड रनर अप भए।

गायन तर्फको सब टाईटल बेस्ट फिल्मी सङ सिङ्गरको उपाधी इस्टर्न एजुकेसनल एकेडेमिकी सपना लिम्बुले हात पारेकी थिइन । त्यसैगरी बेस्ट लोक गीत सिङ्गर हिमशिखर इङ्लिस बोर्डिङ तरहराका युकेस राई भए भने बेस्ट मोडर्न सङ सिङ्गर ज्ञानदर्पण एकेडेमीकि आसोना राई घोषित भईन।

यस्तै बेस्ट पप सङ सिङ्गर मेरील्याण्ड इङ्लिस बोर्डिङका मिक्साम लिम्बु घोषित भए। त्यस्तै बेस्ट भोकलको उपाधी ज्ञानोदय मा.विका भुमिराज देवानले प्राप्त गरे भने नबोदय बिद्या मन्दिर बोर्डिङका रबिन्द्र श्रेष्ठले बेस्ट डिसिप्लिनको उपाधी प्राप्त गरे।

नृत्यतर्फ सुकुना मा.वि. सुन्दरहरैचा मोरङकी कामना श्रेष्ठ फस्ट रनर अप भईन भने होलील्याण्ड इङ्लिस बोर्डिङ भद्रपुर झापाकी एलिसा राई सेकेण्ड रनर अप भईन। यसैगरी युरेका मा.वि.का पासाङ तामाङ थर्ड रनर अप भए।

नृत्यको सब टाईटलतर्फ जनसहयोग मा.वि.तरहराकी करिना गिरिले अल राउन्ड डान्सरको उपाधी हासिल गरिन भने भानु स्मृती मा.वि.धरानकी सलिना विश्वकर्माले बेस्ट कल्चरल डान्सरको उपाधी हासिल गरिन।

यता हिमाली मा।बि।मा.वि.कि सुम्निमा राई बेस्ट एक्स्प्रेसन डान्सर घोषित भईन भने बेस्ट फिल्मी डान्सरको उपाधी फेवा सेकेण्डरी बोर्डिङ मोरङ केराबारीकी कृति सुब्बाले प्राप्त गरिन।

यसैगरी मस्ट कन्फिडेन्स डान्सरको उपाधी सुकुना माबि सुन्दरहरैचा मोरङकी आयुषा श्रेष्ठले हासिल गरिन भने मस्ट डिसिप्लिन फाईनलको उपाधी किरातेश्वर मा.वि.की सरु राई घोषित भइन।

गायन र नृत्य दुबै तर्फका बिजेता, फष्ट रनर अप, सेकेण्ड रनर अप र थर्ड रनर अपलाई कार्यक्रमका प्रमुख अतिथि गायिका लोचन भट्टराई र अस्मिता अधिकारी, मिडिया हाउस प्रा।लि।का अध्यक्ष डम्बर कुमार तुम्बापो,इभेन्ट निर्देशक राम बहादुर लिम्बू, वाई वाई धरानकी प्रतिनिधि मन्जुश्री मानन्धर, यु।एन। नबोदय कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, निर्णायकहरु लगायतले क्रमश ५० हजार, ३० हजार ,२० हजार र १० हजार नगद,ट्रफी र प्रमाणपत्र प्रदान गरे।बिजेताहरुले कक्षा–११ र १२ को अध्ययनका लागि क्रमश शत प्रतिशत, ८० प्रतिशत ७० प्रतिशत र ६० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन।

गायन र नृत्य दुबै तर्फ सबटाईटल प्राप्त गरेका प्रतिष्पधीहरुले जनही ५÷५ हजार नगद,ट्रफी र प्रमाण–पत्रका साथै कक्षा–११ मा अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन।कार्यक्रममा गायिका लोचन भट्टराईले माया गर्नेको बोलको आफ्नो सदाबहार गीत प्रस्तुत गरिन।

गायिका अस्मिता अधिकारी र निर्णायक एबम गायक बिकास लिम्बु र जमुना राईले गीत प्रस्तुत गरि दर्शकहरुलाई नचाए। कार्यक्रममा १ हजार ५ सय दर्शकहरुको उपस्थिती रहेको प्रा.लि.का अध्यक्ष डम्बर कुमार तुम्बापोले दावी गरे।

गायन तर्फको निर्णायकहरुमा भोइस अफ नेपाल सिजन–२ का टप फाईनलिस्ट एबम गायक बिकास तुम्बापो लिम्बू, सङ्गित प्रशिक्षकरगायक बिनायक राई र गायिका जमुना राई थिए।

त्यस्तै नृत्य तर्फको निर्णायकहरुमा वरिष्ठ नृत्य प्रशिक्षक मनि राई, राष्ट्रिय कोरियोग्राफर प्रीतम साम्बाहाम्फे र नृत्य प्रशिक्षक पनिता तामाङ थिए।

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

जसपाको प्रतिबद्धता सार्वजनिकः ‘जाँतो’ चिन्हमा मत

छाल खवर धरान,११ फागुन ः जनता समाजवादी पाटीका अध्यक्ष तथा पूर्व शिक्षा मन्त् ...

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic