धरान नगरप्रमुखलाई कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा वडावासीको धर्ना

  • असार १८, २०८१
  • २,३०४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ असारः सार्बजनिक सम्म्पत्ती तोडफोड गरेको आरोपमा धरान नगर प्रमुख हर्कराज राईलाई कार्बाहिको माग गर्दै धरान–१३ का बासिन्दाले मंगलबार जिल्ला प्रसाशन कार्यालय सुनसरी घेराउ गरि धर्ना दिएका छन ।

नगर प्रमुख राईले धरान–१३ को अमर बस्तीको खहरेखोला नियन्त्रण गर्न लगाइएको ग्याबिन वाल भत्काएको भन्दै स्थानिय बासिन्दाले उनी बिरुद्द कार्बाहिको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा घेराउ गरी धर्ना दिएका हुन ।

अमर बस्ती उपभोक्ता समितिका अध्यक्ष राजु राईका अनुसार जिल्ला प्रशासन कार्यालयमा उजुरी दिदा समेत प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारिले दोषी उपर कार्बाही गर्न चासो मदिएपछी स्थानिय बासिन्दा आन्दोलनमा उत्रनु परेको हो ।

स्थानीयवासीले विकास गर्नको चुनिएर गएका जनप्रतिनिधिबाट नै आफ्नो गाउको खोला नियन्त्रण गर्न लगाइएको ग्याबिन बाल भत्काउने कार्य गरेकोले तत्काल पक्राउ गरि कार्बाही नगरिए शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन ।

प्लेकार्ड सहित जिल्ला प्रशासन कार्यालय पुगेका स्थानिय बासिन्दाले तारजाली भत्काउन लगाउने हर्क साम्पङलाइ कार्बाही गर, शान्ती सुरक्षा कायम गर, सामाजिक सद्भाव कायम गर, सार्बजनिक सम्पत्तिको संरक्षण गर जस्ता नारा लगाएका थिए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले आन्दोलनमा उत्रिएका स्थानिय बासिन्दालाई ग्याबिन वाल भत्काएको बिषयमा छानबिन गरि दोषी उपर कार्बाही गर्ने प्रतिबद्धता जनाए पछी आफुहरु धरान फर्किएको स्थानिय कुलबहादुर रानामगरले बताए ।

सार्बजनिक सम्पत्ति तोडफोड गर्नेलाइ कार्बाही नगरी स्थानिय प्रहरी प्रशासन निरिह बनेको आरोप लगाए । प्रजिअ तिवारीले ग्याबोन बाल भत्काएको बिषयमा कानुनी प्रक्रिया अगाडी बढाउने आस्वासन दिएका थिए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic