विष्णु स्कुलद्वारा एसईईमा ४ जीपीए ल्याउनेलाई एक लाख नगदसहित सम्मान

  • असार २१, २०८१
  • १,७४३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ असार ः विष्णु मेमोरियल माध्यमिक विद्यालय धरानले एसईईमा परीक्षामा ४ जीपीए ल्याउनेलाई नगद एक लाख सहित सम्मान गर्ने घोषणा गरेको छ ।

विद्यार्थीलाई थप प्रोत्साहन गर्नको लागि स्कुलले नगद सहित सम्मान गर्ने घोषणा गरेको हो ।

चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा ४जीपीए ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको हो ।

संस्थापक अध्यक्ष वेनिन्द्र कटवालले एसईई परीक्षामा चार जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई एक लाख नगदसहित सम्मान गरिने घोषणा गरेका हुन् ।

bishnu schhol news = 2

अहिले विद्यार्थी एसइईको तयारीमा लागिरहेकाले उनीहरुको मनोबल उच्च बनाउन नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको हो’, उहाँले भन्नुभयो, ‘यसपछि परीक्षा र हालै भएको एसईईमा ४ जीपीए ल्याउनेलाई थप लगनशील बनाउन यस्तो निर्णयले थप उर्जा मिल्छ भन्ने विश्वास लिइएको छ ।

यसैबीच एसईई उत्तीर्ण सबै विद्यार्थीलाई एक कार्यक्रमका बीच अभिभावककै उपस्थितिमा अभिभावकसहित उनीहरूलाई सम्मान गरिएको छ ।

केही दिनअघि प्रकाशित एसईई नतिजामा ४ जीपीए ल्याएकी गृष्मा लुइँटेलसहित एसईईमा उत्कृष्ट नतिजासहित उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको हो ।

विष्णुकी छात्राले इतिहासमै पहिलोपल्ट ४ जीपीए ल्याउँदै दुर्लभ नतिजा ल्याएकी हुनन् । देशभरबाट १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएकोमा गृष्मा पनि परेकी हुन् ।

हालसम्म कै ठूलो संख्यामा १४२ जना परीक्षार्थी सामेल भएको यस विद्यालयबाट ३.६१–४।०० जीपीए ९ए प्लस० सहित ९० जना, ३।२१–३।६ जीपीए ९ए० सहित ४५ जना र २।८१–३।२ जीपीए ९बि प्लस० सहित ६ जना विद्यार्थी उत्तीर्ण भएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

‘हामीले अधिकांश विद्यार्थीको ए प्लस नतिजाको अपेक्षा गरेका थियौं । तर देशभरमा समेट्ने गरी एकजना छात्राले ४ जीपीए नतिजा निकाल्न सफल भइन्, हामीले सोचेभन्दा पनि राम्रो नतिजा आएको हामीले महसुस गरेका छौं ।’२०५९ सालदेखि एसएलसी हुँदै एसईईसम्म आइपुग्दा यो इतिहासमै पहिलोपल्ट उत्कृष्ट नतिजा भएको संस्थापक अध्यक्ष कट्वालले जानुभयो ।

कार्यक्रममा बोल्दै उनले दक्ष शिक्षक–शिक्षिकाको समर्पण, परिश्रमी विद्यार्थी र अभिभावकको सहयोगले सर्वोत्कृष्ट नतिजा निकाल्न सम्भव भएको समेत बताए ।

एस.ई.ईमा उत्कृष्ट सहित शतप्रतिशत नतिजा निकाल्द

छाल खवर धरान,३१ वैशाखः हिविस्कस इङलिस वोडिङ स्कुल धरान–१५ ले माध्यमिक ...

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic