धरानको सुनाखरी एकेडेमीले एसईईपछि कक्षा(११ अध्ययन गर्न आएका विद्यार्थीलाई अभिमुखीकरण

  • असार २७, २०८१
  • २७० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८असारः सुनाखरी एकेडेमी धरानले कक्षा–११ मा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

एकेडेमीले गोरखा होटलमा अभिमुखीकरण कार्यक्रम सप्पन्न गरेको हो ।

गुणस्तरीय शिक्षा प्रदान गर्न र अतिरिक्त क्रियाकलापमा अब्बल बनाउन सक्षम रहेको एकेडेमीका प्रिन्सिपल मिलनकुमार राईले दावी गरेकाछन् ।

धरान उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष टंकबहादुर राईले कक्षा–११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै उज्ज्वल भविष्य निर्माण गर्नको लागि मिहिनेतसाथ पढ्न आग्रह गरे ।

एन्फा एकेडेमी धरानका वरिष्ठ फुटबल कोच एवम पूर्व राष्ट्रिय खेलाडी इन्दु रसाइलीले सुनाखरी एकेडेमी गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्था भएको बताउँदै नव आगन्तुक विद्यार्थीहरुलाई शुभकामना दिए ।

एकेडेमीका प्लस टु कोअर्डिनेटर टपकुमार राईले सुनाखरीले संख्यामा भन्दा गुणस्तरमा ध्यान दिँदै आएकोले ढुक्क भएर अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।प्राइम भिजन कलेजका सिईओ अभिषेक श्रेष्ठले होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई अभिमुखीकरण प्रस्तुत गरे ।

कक्षा–१२ का विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरे। एकेडेमीका निर्देशक प्रदीप राईको अध्यक्षतामा भएको कार्यक्रममा शेयर सदस्य किशोर सम्वाहाम्फे, प्राइम भिजन कलेजका प्रबन्ध निर्देशक, करातेका प्रशिक्षक किरण लामा शिक्षक–शिक्षिका लगायतको उपस्थिति थियो ।

सुनाखरीले भीडलाई भन्दा गुणस्तरलाई आफ्नो मिसन वनाउदै आएको छ ।

वंशावली लेखनमा ISBN र Copyright अधिकारका कुराहरू

हाल लिम्बू समुदायमा वंशावली लेख्ने, छपाउने र बाँड्ने काम एउटा प्राज्ञिक काम ...

राष्ट्रिय फुटबल खेलाडी मिलन सम्मानित

छाल खवर धरान,१७ जेष्ठ ः फुटबल खेलमा योगदान गरेवापत राष्ट्रिय खेलाडी मिलन रा ...

पूर्वेलीले चुम्याे हाम्रो धरान भेट्रानको उपाधि

छाल खवर धरान,१७ जेष्ठः धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प् ...

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic