धरानमा कोशी प्रदेश कै ठूलो यमाहाको मोटरसाईकल सोरुम उद्घाटन सोरुममा दैनिक १०० भन्दा बढी मोटरसाइकलको सर्भिसिङ गर्ने क्षमता

  • असार २८, २०८१
  • ३,५६४ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,२९ असारः धरानमा यमाहा कम्पनीको कोशी प्रदेश कै सवैभन्दा ठूलो सोरुमको उद्घाटन भएको छ ।यामाहा कम्पनीको धरान स्थित नयाँ व्लु स्क्वायर शोरुमको विहिवार एक कार्यक्रमकावीच उद्घाटन भएको हो ।

सोरुममा दैनिक १०० भन्दा बढी मोटरसाइकलको सर्भिसिङ गर्ने क्षमता रहेको संचालकको भनाई रहको छ ।

ग्राहकका लागि अधिकतम सुविधा सहित स्थापना गरिएको ब्लु स्क्वयर सोरुममा सेल्सका साथै फाइनान्स सुविधा पनि एकै ठाउँमा पाउने सुविधा रहेको छ ।

शोरुममा सर्भिसिङसँगै स्पेयर्स पार्टस् र एक्सचेन्जको सुविधा एकै ठाउँमा पाउनेछन् ।

शोरुमको उद्घाटटन धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रबिक्रम बेघाले गरेका थिए । उनले विश्व प्रसिद्ध ब्राण्डका मोटरसाइकल लगायत सवारी साधनको बजार प्रवर्द्धनले आधुनिक धरानको विकासको परिचय बनेको बताए ।

धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राईले सोरुममा सवारी साधनको सामानहरू महँगो पर्ने गुनासाप्रति कम्पनीको ध्यानाकर्षण गराउँदै कम्पनीको दर कायम राख्न आग्रह गरे ।

कार्यक्रममा पूर्व प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङ, आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख बुद्धिराज आचार्य, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस प्रमुख काजीराम कार्की लगायतको उपस्थिति थियो ।

उद्घाटन समारोहका सभापति विजयपुर ट्रेडर्सका अध्यक्ष प्रभाव खतिवडाले धरानमा यामाहाको शोरुम ५ वर्ष अघि देखि नै सञ्चालन भइरहेको बताउँदै नयाँ शोरुमले एकीकृत सेवाको सुविधा दिने जानकारी गराए ।

सोरुम १० हजार स्वायर फिटमा संचालनमा रहेको विजयपुर ट्रेर्डसले जनाएको छ । विजयपुर ट्रेर्डस यमाहाको मोटरसाइकलको आधिकारीक विक्रेताको रुपमा रहेको छ ।

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic