धरानमा कोशी प्रदेश कै ठूलो यमाहाको मोटरसाईकल सोरुम उद्घाटन सोरुममा दैनिक १०० भन्दा बढी मोटरसाइकलको सर्भिसिङ गर्ने क्षमता

  • असार २८, २०८१
  • ३,६७१ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,२९ असारः धरानमा यमाहा कम्पनीको कोशी प्रदेश कै सवैभन्दा ठूलो सोरुमको उद्घाटन भएको छ ।यामाहा कम्पनीको धरान स्थित नयाँ व्लु स्क्वायर शोरुमको विहिवार एक कार्यक्रमकावीच उद्घाटन भएको हो ।

सोरुममा दैनिक १०० भन्दा बढी मोटरसाइकलको सर्भिसिङ गर्ने क्षमता रहेको संचालकको भनाई रहको छ ।

ग्राहकका लागि अधिकतम सुविधा सहित स्थापना गरिएको ब्लु स्क्वयर सोरुममा सेल्सका साथै फाइनान्स सुविधा पनि एकै ठाउँमा पाउने सुविधा रहेको छ ।

शोरुममा सर्भिसिङसँगै स्पेयर्स पार्टस् र एक्सचेन्जको सुविधा एकै ठाउँमा पाउनेछन् ।

शोरुमको उद्घाटटन धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रबिक्रम बेघाले गरेका थिए । उनले विश्व प्रसिद्ध ब्राण्डका मोटरसाइकल लगायत सवारी साधनको बजार प्रवर्द्धनले आधुनिक धरानको विकासको परिचय बनेको बताए ।

धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राईले सोरुममा सवारी साधनको सामानहरू महँगो पर्ने गुनासाप्रति कम्पनीको ध्यानाकर्षण गराउँदै कम्पनीको दर कायम राख्न आग्रह गरे ।

कार्यक्रममा पूर्व प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङ, आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख बुद्धिराज आचार्य, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस प्रमुख काजीराम कार्की लगायतको उपस्थिति थियो ।

उद्घाटन समारोहका सभापति विजयपुर ट्रेडर्सका अध्यक्ष प्रभाव खतिवडाले धरानमा यामाहाको शोरुम ५ वर्ष अघि देखि नै सञ्चालन भइरहेको बताउँदै नयाँ शोरुमले एकीकृत सेवाको सुविधा दिने जानकारी गराए ।

सोरुम १० हजार स्वायर फिटमा संचालनमा रहेको विजयपुर ट्रेर्डसले जनाएको छ । विजयपुर ट्रेर्डस यमाहाको मोटरसाइकलको आधिकारीक विक्रेताको रुपमा रहेको छ ।

राष्ट्रिय फुटबल खेलाडी मिलन सम्मानित

छाल खवर धरान,१७ जेष्ठ ः फुटबल खेलमा योगदान गरेवापत राष्ट्रिय खेलाडी मिलन रा ...

पूर्वेलीले चुम्याे हाम्रो धरान भेट्रानको उपाधि

छाल खवर धरान,१७ जेष्ठः धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प् ...

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic