मिस कोशीकी विजेताहरुलाइ युएन नवोदय कलेजको सम्मान

  • असार ३१, २०८१
  • २,९९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ असार ःयुएन नबोदय कलेजले मिस कोशिमा फष्ट रनर अप र फोर्थ रनर अपको उपाधी विजेता आफ्ना बिद्यार्थीहरुलाई सोमबार सम्मान गरेको छ।

कलेजले सोमवार एक कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुलाई सम्मान गरिएको हो।

जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगितामा उनीहरुले उपाधि हात पारेका थिए ।

UN NEWS = 2 1

धरानमा सम्पन्न मिस कोशी सिजन–८ को ग्रान्ड फिनालेमा युएन नबोदयकी निशाहाङ्मा लिम्बुले फस्ट रनर अपको उपाधि सहित मिस पपुलर,ब्युटी विथ ब्रेन, मिस इन्टेलेक्चुअल र अर्गनाइजर्स चोइसको सब टाईटल समेत हात पारेकी थिइन।

त्यसैगरी स्वस्तिका राईले फोर्थ रनर अपको उपाधी सहित मिस ब्युटीफुल हेयर र मिस पब्लिक चोइसको सब टाईटल जितेकी थिइन।

दुबै जना बिजेतालाई कलेजका म्यानेजिङ डाईरेक्टर ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो, अध्यापक राम लिम्बू र होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठले अबिर, खदा र बुकेले सम्मान गरेका थिए ।

UN NEWS PHOTO = 1 आफ्ना बिद्यार्थीहरुले प्रदेस स्तरीय प्रतियोगीतामा सफलता प्राप्त गर्दा खुशी लागेको क्याम्पस प्रमुख तुम्बापोले बताउनुभयो। बिद्यार्थीहरुलाई प्रोत्साहन गर्न सम्मान गरेको तुम्बापोले बताउनु भयो।

निशाहाङमा युएन नबोदयको कक्षा–१२ मा होटल म्यानेजमेन्ट लिएर अध्यय गरिरहेकी छिन भने स्वस्तिका कक्षा–१२ मै कम्प्युटर साईन्स लिएर अध्ययन गरिरहेकी छिन।

हरेक प्रतियोगितामा सहभागी भएर केही न केही उपाधी हात पार्ने युएन कलेजका विद्यार्थीहरुको विशेषता रहेको छ ।

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic