धरान उच्चमा विद्यार्थीहरुलाई अभिमुखिकरण

  • साउन ४, २०८१
  • २,२५९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ साउनः धरान सेकेण्डरी स्कुल (धरान उच्च) ले कक्षा ११ मा नया भर्ना भएका
विद्यार्थीहरुलाई अभिमुखिकरण सम्पन्न गरेको छ ।

धरान उच्चले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई भविष्य निर्माणको लागि अभिमुखिकरण सम्पन्न गरेको हो ।

कुन विषय पढदा भविष्यमा के हुने भविष्यको लक्ष्य के वनाउने भन्ने विषयमा विद्यार्थीहरुलाई अभिमुखिकरण गरीएको धरान उच्चका सहायक प्रिन्सिपल अशोक लिम्वुले जानकारी दिनुभयो ।

नया भर्ना भएका विद्यार्थीहरुलाइ नया भविष्य निर्माणको वाटो लक्ष्य उदेश्य र आगामी दिनमा कसरी आफ्नो सुनौलो भविष्य वनाउने भन्ने लगायतका विषयहरुमा विद्यार्थीहरुलाई अभिमुखिकरण गरीएको विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल ताराबहादुर निरौलाले वताउनु भयो ।

कार्यक्रममा १ सय जना विद्यार्थीहरु सहभागी रहेका थिए ।

कार्यक्रममा धरान उच्चका पूर्व निर्देशक फाउण्डर प्रिन्सिपल लड्डुप्रसाद शाही, प्रिन्सिपल हेमचन्द्र अधिकारी लगायतले विद्यार्थीहरुलाई अभिमुखीकरण गर्नुभएको थियो ।

विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि थप सहज होस भन्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरीएको सहायक प्रिन्सिपल अशोक लिम्वुले वताउनु भयो ।

डिसिएम हलमा संचालन भएको सो कार्यक्रम शिक्षक महेन्द्र गोले र संचालन गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षक सुरेश घिमिरेले गर्नुभएको थियाृे ।

धरान उच्चका अध्यक्ष शिवनारायण साहको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैवीच विहिवार विज्ञान संकायका विद्यार्थीहरुलाई पनि अभिमुखीकरण कार्यक्रम गरीएको थियो ।

 

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic