लायन्स क्लब अफ धरान क्यापेबलद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

  • साउन ४, २०८१
  • १,१३१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ४ श्रावण ः लायन्स क्लब अफ धरान क्यापेबलले धरान–४ बसन्तटारमा रहेको लर्डस होम नेपालमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ।

क्लबका प्रेसिडेन्ट नईन्द्र राईको अध्यक्षतामा, उहाँका दुई सन्तान जोय राई र जुन राईको जन्मदिनको उपलक्ष्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमको सञ्चालन लायन्स क्लब धरान क्यापेबलकी सचिव सुम्निमा लिम्बुले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा टंककुमारी गुरुङ, एरिया को(अर्डिनेटरस अम्बिका श्रेष्ठ लाइन्स क्लब अफ क्यापेबलको चार्टर प्रेजिडेन्ट तथा सल्लाहकार, किरण देवान, असाइन क्षेत्रीय प्रमुख, एकता श्रेष्ठ, क्षेत्रीय प्रमुख, सृष्टि राई, लाइन्स क्लब अफ क्यालिबरकी अध्यक्ष र सम्राट श्रेष्ठ, लाइन्स क्लब अफ ग्लोरीका सदस्य उपस्थित हुनुहुन्थ्यो।

रिजन चियर पर्सन एकता श्रेष्ठले आश्रमा रहेको सम्पुर्ण नानीहरु अत्यनतै सफा, सुग्घर र अनुशासित रहेको बताउनु भएको थियो भने उहाँले बाल आश्रमको सबै भौतिक संरचनाहरुको स्थलगत भ्रमन गर्दै यति ब्य्वस्थित र सुसज्जित बाल आश्रम अहिले सम्म धरानमा कहि नदेखेको बताउनु भयो।

आश्रमका संचालक कुशल जङ्ग घलेलाई धराने लाइन्स क्लबले क्लबले गर्ने अन्य सहयोगहरुमा प्राथमिकतामा राख्ने पनि बताउनु भएको छ।

खाद्यान्न वितरण कार्यक्रमका क्रममा क्लबका अध्यक्ष नईन्द्र राईले स्वयं सबै सामाग्री वितरण गर्नुभएको थियो।

अनाथ बालबालिकाहरूलाई खाद्यान्न उपलब्ध गराउनुका साथै, जोय राई र जुन राईलाई आशिर्वाद दिँदै लर्डस होम नेपालका सञ्चालक तथा संस्थापक अध्यक्ष कुसल जङ्ग घलेले आयोजक टिम तथा दाता नईन्द्र राईलाई धन्यवाद व्यक्त गर्नुभयो।

लायन्स क्लब अफ धरान क्यापेबलले विगतका वर्षहरूमा पनि सामाजिक कार्यहरू गर्दै आएको र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यमा सधैँ संलग्न रहने प्रतिज्ञा क्लबकी सल्लाहकार अम्बिका श्रेष्ठले गर्नुभएको छ।

उक्त कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्दै, समाजसेवाका क्षेत्रमा लायन्स क्लब अफ धरान क्यापेबलको योगदानलाई पुनः पुष्टि गरेको छ।

समाजका अनाथ र असहाय बालबालिकाहरूलाई सहयोग पुर्याउनका लागि आयोजना गरिएको यो कार्यक्रमले, विशेषगरी जोय राई र जुन राईको जन्मदिनलाई अझ अर्थपूर्ण बनाएको छ।

क्यापेबल क्लबको प्रेजिडेन्ट श्री नईन्द्र राईले आफुले आफ्नो नानीहरुलाई भबिस्यमा गरिब,असहाय र अनाथ मानिसहरुको निम्ति आफुलाई समर्पण गर्ने उत्प्रेरणा मिलोस र सामाजिक सेवामा आफुलाई अगाडी बढाउन उनिहरुले अहिले देखिनै अग्रसर बनोस भन्ने उद्धेश्यले यस्तो प्रकारको कार्यक्रम आयोजना गरिदिएको बताउनु भयो।

कार्यक्रममा उपस्थित अतिथिहरूले पनि क्लबको यस प्रयासको प्रसंसा गर्दै आगामी दिनहरूमा यस्ता कार्यहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

लायन्स क्लब अफ धरान क्यापेबलले भविष्यमा अझ धेरै यस्ता समाजसेवाका कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएको छ।

एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सह

छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर ह ...

धरान मन्टेश्वरी एकेडेमीको दिक्षान्त समारोह सम्पन्न

छाल खवर धरान,२३ चैत्रः धरान मन्टेश्वरी एकेडेमी धरान–१ को वार्षिक कार् ...

मुन्दुम ट्रेल अल्ट्रा रेसकाे उपाधी  विनोद र निर्म

छाल खवर धरान,२३ चैत्रः भोजपुर जिल्लामा आयोजिक पहिलो मुन्दुम ट्रेल अल्ट्रा र ...

उद्योग वाणिज्य महासंघ कोशी अध्यक्षमा राजेन्द्र

छाल खवर धरान,२३ चैत्र ः नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा ...

शैक्षिक संस्था र सरकारी कार्यालय शनिबार र आइतबार ब

छाल खवर धरान,२२ चैत्रः सरकारले हप्तामा दुइदिन शनिबार र आइतबार बिदा दिने निर ...

व्लसम मन्टेश्वरीको दिक्षान्त समारोह सम्पन्न

छाल खवरधरान,२२ चैत्रः व्लसम मन्टेश्वरी धरान–१२ को वार्षिक कार्यक्रम त ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic