सञ्चारकर्मी धमलालाई अस्पतालमा कुटपिट गरेको आरोपमा थप २ पक्राउ

  • साउन ८, २०८१
  • १,७७४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ साउनः केही दिन अघि सञ्चारकर्मी सञ्जिता धमलालाई उपचारका लागि वीपी प्रतिष्ठान पुगेको बेला अस्पतालमै कुटपिट गर्ने समूहका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान–५ घर भएकी सङ्गीता राई र धरान ११ का समिर तामाङ रहेकाछन् ।

राईलाई सोमवार साझ पक्राउ गरेको थियो भने तामाङलाई मंगलवार धरानको भानुचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई अनुसन्धानका लागि तत्कालै इनरुवा लगिएको थियो ।

तामाङ र राईलाई प्रहरीले खोजी गरिरहेको र मंगलवार प्रहरीले पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिएकाछन् ।

तामाङ धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङका निकट मानिन्छन् । उनलाई साँझ ४ बजे भानुचोक देखि पक्राउ गरिएको हो । पक्राउ गरे लगत्तै तामाङलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इनरुवा लगिएको छ ।

प्रवक्ता डिएसपी भण्डारीले दिएको जानकारी अनुसार आपराधिक उपद्रव मुद्दामा समीर तामाङ र सङ्गीता राईलाई पक्राउ गरिएको हो । यसअघि धमला कुटपिट प्रकरणमा प्रहरीले ७ जनालाई पक्राउ गरीसकेको छ ।

अभद्र व्यवहार मुद्दामा पक्राउ पर्नेहरू धरान–१५ की ४२ वर्षीया चन्द्रकला थेबे,,धरान–१९ की ३४ वर्षीय मुना राई, धरान–१७ की ५६ वर्षीया प्रमीला राई, धरान–११ की ४५ वर्षीय शर्मिला राई, धरान–१ की ५२ वर्षीया शर्किनी थापा मगर, धरान–१७ की ४० वर्षीय पूर्ण बान्तवा राई र ३५ वर्षीय सिर्जना बेघा भएको प्रवक्ता भण्डारीले बताए ।

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic