युएन नबोदय कलेजलाई थप सफलता बिएचएम चौथो सेमेष्टरमा धरान टप हुनेलाई नगद सहितसम्मान

  • साउन १४, २०८१
  • ५,०१४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ साउनः युएन नबोदय कलेज धरान–१६ले त्रिभुवन विश्वबिद्यालयले लिएको बिएचएम चौथो सेमेष्टरको परीक्षामा धरान, टपर, सेकेन्ड र थर्ड टपर हुने बिद्यार्थीलाई नगद सहित सम्मान गरेको छ।

कलेजले आइतवार एक कार्यक्रमको आयोजना गरि उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको हो।
सम्मानित हुनेहरुमा धरान टपर हुने क्रमश रोमन लिम्बु र सन्ध्या थेगिम लिम्बु रहेका छन।

उनीहरुलाई कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो र होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन मान श्रेष्ठले नगद जनही १०÷१० हजार सहित सम्मान–पत्रले सम्मान गरेका थिए । रोमन र सन्ध्याले बराबर जिपिए ३ दशमलब ८१ प्राप्त गरेका छन।

धरान सेकेण्ड टपर रोयल राई भए भने थर्ड टपर सागर तामाङ रहेकाछन् ।

उनीहरुलाई कलेजका पब्लिक रिलेसन अफिसर राम बहादुर लिम्बू र अध्यापक सृजना लिम्बुले क्रमशः५ हजार र ३ हजार नगद सहित अबिर र खदा लगाएर सम्मान गरेका थिए ।

रोयल र सागरले क्रमशस् ३ दशमलव ७९ र ३ दशमलव ७७ जिपिए प्राप्त गरेका छन।

क्याम्पस प्रमुख तुम्बापोले यस अघि युएन कलेजबाट धरान टपर, जिल्ला टपर, प्रदेस टपर र नेपाल सेकेन्ड टपरसम्म भएको हुदा आगामी दिनमा होटल म्यानेजमेन्टमा नेपाल टपर बन्ने गरि मिहिनेत गर्न बिद्यार्थीहरुलाई आग्रह गरे।

क्याम्पस प्रमुख तुम्वापोले विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि नेपाल टप हुने विद्यार्थीलाई कलेजले ५० हजार नगद पुरस्कारको घोषणा गरेको पनि वताए ।
कलेजका अध्यक्ष ज्ञानेश्वर झाले कार्यक्रम समापन गर्दै पुरस्कृत बिद्यार्थीहरुलाई बधाई ब्यक्त गरे।कार्यक्रमको संचालन अध्यापक अनिमेष बास्तोलाले गरे।

होटल मेनेजमेन्ट कलेजको क्षेत्रमा युएन प्रदेश कै उत्कृष्ट कलेजको रुपमा रहेको छ ।

राष्ट्रिय फुटबल खेलाडी मिलन सम्मानित

छाल खवर धरान,१७ जेष्ठ ः फुटबल खेलमा योगदान गरेवापत राष्ट्रिय खेलाडी मिलन रा ...

पूर्वेलीले चुम्याे हाम्रो धरान भेट्रानको उपाधि

छाल खवर धरान,१७ जेष्ठः धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प् ...

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic