खानेपानी बोर्डमा तालाबन्दीमेयरका समर्थकको पनि समर्थन

  • साउन २०, २०८१
  • १,४४७ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,२० साउनः धरान खानेपानी व्यवस्थापन वोर्डले अत्याधिक मात्रामा गरेको महसुल वृद्धि विरुद्ध धरानका १० राजनीतिक दलहरुले आइतबार धरान १३ मा रहेको खानेपानी व्यवस्थापन बोर्डमा तालाबन्दी गरेका छन् ।

संयौको संख्यामा नारावाजी सहित वोर्डको कार्यालय पुगेको १० राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले महशुलको शुल्क पुरानै कायम गर्न माग गर्दै तालावन्दी गरेको हो ।

RYALI धरान २ सिंहदेवीचौकबाट जनता मार्न पाइँदैन, बृद्धि भएको महसुल फिर्ता गर लगायतका नारा लगाउँदै प्ले कार्ड वोकेर दलबलसहित बोर्डमा पुगेको समूहले बोर्डका अध्यक्ष हर्कराज राई, कार्यकारी निर्देशक इन्जिनियर राजु पोख्रेल लगायतका कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

महशुल शुल्क वृद्धि विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका १० दलले खानीपानीको महसुल, जडान शुल्क, नामसारी लगायतका शीर्षकमा ९ हजार ९ सय प्रतिशतसम्म बृद्धि गरेपछि बृद्धि भएको महसुल यथावथ हुनुपर्ने माग राखी आन्दोलन गर्दै आएकाछन् ।

पहिलो चरणमा ७२ घण्टे अल्मिेटम दिँदा समेत बोर्डका अध्यक्ष हर्कराज राईले अटेर गरेपछि उनीहरुले दोस्रो चरणको आन्दोलन घोषणा गरेका थिए ।

तालाबन्दी गर्दै आन्दोलनको नेतृत्व गरिरहेको दलमध्येको नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेलले लगाइएको ताला तोड्न खोजे र भोलि १० बजेभित्र कुनै सुनुवाई नभए धराने जनताले गरेको आन्दोलनबाट निम्तिने परिणाम बोर्ड नै जिम्मेबारी हुने चेतावनी दिए ।

जनता समाजवादी पार्टीका नेता ताजुव लिम्बुले पानीको मात्र हैन, वृद्धि भएका र धराने जनतालाई करको भारी बोकाउदै आएको धरान उपमहानगरपालिकाविरुद्ध कर घटाउन पनि कडा आन्दोलनमा जान्छौै ।

विगतमा धरान खानेपानी व्यवस्थापन बोर्डले नयाँ धारा जडानमा पाइपको साइज अनुसार १५ देखि २५ हजारसम्म लिने शुल्क अहिले २० हजारदेखि १ लाख सम्म पुर्याएको दलहरुले दावी गरेकाछन् ।

नेकपा माओवादी केन्द्रका नेता चोत्लुङले महशुल वृद्धि तत्काल फिर्ता नभए जनतालको आन्दोलनले जस्तो सुकै परिणाम ल्याउने चेतावनि दिएका थिए । आन्दोलनबाट सिर्जना हुने परिणामको जिम्मेवारी वोर्डले लिनुपर्ने समेत थप चेतावनि दिएका थिए ।

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic