खानेपानी बोर्डमा तालाबन्दीमेयरका समर्थकको पनि समर्थन

  • साउन २०, २०८१
  • १,५६२ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,२० साउनः धरान खानेपानी व्यवस्थापन वोर्डले अत्याधिक मात्रामा गरेको महसुल वृद्धि विरुद्ध धरानका १० राजनीतिक दलहरुले आइतबार धरान १३ मा रहेको खानेपानी व्यवस्थापन बोर्डमा तालाबन्दी गरेका छन् ।

संयौको संख्यामा नारावाजी सहित वोर्डको कार्यालय पुगेको १० राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले महशुलको शुल्क पुरानै कायम गर्न माग गर्दै तालावन्दी गरेको हो ।

RYALI धरान २ सिंहदेवीचौकबाट जनता मार्न पाइँदैन, बृद्धि भएको महसुल फिर्ता गर लगायतका नारा लगाउँदै प्ले कार्ड वोकेर दलबलसहित बोर्डमा पुगेको समूहले बोर्डका अध्यक्ष हर्कराज राई, कार्यकारी निर्देशक इन्जिनियर राजु पोख्रेल लगायतका कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

महशुल शुल्क वृद्धि विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका १० दलले खानीपानीको महसुल, जडान शुल्क, नामसारी लगायतका शीर्षकमा ९ हजार ९ सय प्रतिशतसम्म बृद्धि गरेपछि बृद्धि भएको महसुल यथावथ हुनुपर्ने माग राखी आन्दोलन गर्दै आएकाछन् ।

पहिलो चरणमा ७२ घण्टे अल्मिेटम दिँदा समेत बोर्डका अध्यक्ष हर्कराज राईले अटेर गरेपछि उनीहरुले दोस्रो चरणको आन्दोलन घोषणा गरेका थिए ।

तालाबन्दी गर्दै आन्दोलनको नेतृत्व गरिरहेको दलमध्येको नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेलले लगाइएको ताला तोड्न खोजे र भोलि १० बजेभित्र कुनै सुनुवाई नभए धराने जनताले गरेको आन्दोलनबाट निम्तिने परिणाम बोर्ड नै जिम्मेबारी हुने चेतावनी दिए ।

जनता समाजवादी पार्टीका नेता ताजुव लिम्बुले पानीको मात्र हैन, वृद्धि भएका र धराने जनतालाई करको भारी बोकाउदै आएको धरान उपमहानगरपालिकाविरुद्ध कर घटाउन पनि कडा आन्दोलनमा जान्छौै ।

विगतमा धरान खानेपानी व्यवस्थापन बोर्डले नयाँ धारा जडानमा पाइपको साइज अनुसार १५ देखि २५ हजारसम्म लिने शुल्क अहिले २० हजारदेखि १ लाख सम्म पुर्याएको दलहरुले दावी गरेकाछन् ।

नेकपा माओवादी केन्द्रका नेता चोत्लुङले महशुल वृद्धि तत्काल फिर्ता नभए जनतालको आन्दोलनले जस्तो सुकै परिणाम ल्याउने चेतावनि दिएका थिए । आन्दोलनबाट सिर्जना हुने परिणामको जिम्मेवारी वोर्डले लिनुपर्ने समेत थप चेतावनि दिएका थिए ।

जनता समाजवादी पार्टीको दुइ दिने प्रशिक्षण सम्पन्न

छाल खवर धरान,५ जेष्ठः जनता समाजबादी पार्टीले प्रदेश १ समितिले दुइदिने अगुवा ...

एसईईमा उर्तीण ४४ विद्यार्थीलाई सुनाखरी एकेडेमीद्धा

छाल खवर धरान,५ जेष्ठः सुनाखरी एकेडेमी धरानले एस.ई.ई–२०८२ मा उत्तीर्ण ...

एम्स एकेडेमीद्धारा २५ विधामा छात्रवृत्ति घोषणा

छाल खवर धरान,५ एम्स एकेडेमी धरानले कक्षा ११ मा विज्ञान संकायका लागि २५ भन्द ...

प्राइम भिजनका विद्यार्थीद्वारा ‘नेशनल कुलिनरी च्या

छाल खवर धरान,५ जेष्ठः प्राइम भिजन इन्टरनेशनल कलेजका विद्यार्थीद्वारा राष्ट ...

दोस्रो केरावारी गोरखा रनको उपाधि अमिर लिम्वूलाई

छाल खवर धरान,१ जेष्ठ ः दोस्रो गोर्खा केरावारी रनको उपाधि अमिर लिम्वूले हात ...

धरानका संस्थागत विद्यालयहरूको एसईई नतिजा ९३.४४ प्र

छाल खवर धरान,१ जेष्ठः धरान उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरू म ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic