मेला चलाउदै वार्षिक उत्सव मनाउदै सुनसरी उद्योग वाणिज्य संघ ६ दशक लामो इतिहासलाई मेलामा सीमित गरेको व्यपारीको गुनासो

  • भदौ ११, २०८१
  • १०,७८६ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,११भाद्रः सुनसरी उद्योग वाणिज्य संघ धरानले ६१ औं स्थापनाको अवसरमा मेला संचालन गर्ने भएको छ ।

संघले महिला उधमीलाई प्रोत्साहन गर्ने भन्दै मेला संचालन गर्ने भएको हो ।

संघले मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै महिला उद्यमी प्रदर्शनी मेला आयोजना गर्ने जानकारी गराएको थियो ।

आयोजकले दिएको जानकारी अनुसार भदौं १३ गतेदेखी १५ गतेसम्म धरानमा मेला संचालन गर्न लागेको संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

मेलामा स्थानिय उत्पादनका नामका बिभिन्न ४५ वटा स्टलहरु रहने आयोजकले जनाएको छ ।

मेलामा घरेलु उत्पादनका बस्तुहरु, कृषिजन्य बस्तुहरु, गरगहना, सामाग्रीलागायत बस्तुहरु प्रदर्शनिमा राखिने संघका सचिब महेन्द्र प्रधानले बताए ।

महिला उद्यमीहरुलाई प्रोत्साहन गर्दै स्थानिय उत्पादनलाई प्रबर्द्दन गर्न पहिलो पटक प्रदर्शनि मेला आयोजना गर्न लागिएको संघका अध्यक्ष बिजय श्रेष्ठले बताए ।

मेला अवधिभर करिब १५ लाख बराबरको कारोबार गर्ने आयोजकको लक्ष्य रहेको छ । यस्तै, करिब १० हजारले प्रदर्शनि मेलाको अवलोकन गर्ने आयोजकको अनुमान छ ।

हरेक वर्ष मेला गर्न वानी परेको संघले ६ दशक लामो समय पुरा गरेको इतिहासलाई पनि मेलामा सीमित गरेको भन्दै केही उद्योगी व्यापारीले भने गुनासो व्यक्त गरेकाछन् ।

व्यवसायी युवराज न्यौपानेले यति लामो संघको इतिहासलाई मेलामा लगेर सीमित गर्नाले उद्योग वाणिज्य संघको स्तर मापन भएको वताए ।

उनले ६ दशक लामो इतिहासलाई यति सानो कुरामा अल्मलिनु भनेको नेतृत्वको क्षमतामा पनि प्रश्न उठेको उनको भनाई रहेको छ ।

केही महिना अघि मेला संचालन गरेर हौसिएको संघका पदाधिकारीहरुले यति लामो इतिहासलाई मेलामा परिणत गरेकाछन् ।

व्यवसायीहरुले ६ दशक लामो समयको संघको गरीमालाई थप गौरव वनाउनका लागि अन्य कार्यक्रम समेत थप गर्नुपर्नेमा उनीहरुको जोड रहेको छ ।

मेलामा किन संघको ध्यान गको भन्ने कुरामा व्यवसायीहरुले प्रश्न गर्ने गरेकाछन् ।

 

 

बहुमत ल्याउन सक्रिय हुन पार्टी सदस्यहरुलाई अध्यक्ष

छाल खवर धरान,११ माघः नेकपा एमालेले पार्टी सदस्यहरूलाई बहुमत ल्याउने गरी चुन ...

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic