डिपोट स्कुलका निम्तेन्जी तामाङ बने धरान स्कुल सिङ्गिङ च्यालेन्जका बिजेता

  • असोज १३, २०८१
  • ३,८०० पटक पढिएको
  • छाल खबर
alt

FIRST BOY SECOND BOY NEWA = 1 छाल खवर
धरान,१३ असोजः ¥याडिकल लाईट नेपाल प्रालि धरानले आयोजना गरेको धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८१, सिजन–१ मा डिपोट सेकेन्डरी स्कुलका निम्तेन्जी तामाङ बिजेता भएका छन।

शनिवार धरान–१५ स्थित सदन सभा हलमा सम्पन्न फाइनलमा १४ प्रतिष्पर्धीहरुलाई पछि पार्दै तामाङ बिजेता भएका हुन ।

निम्तेन्जिले १० हजार नगद, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेकाछन् ।

।यसैगरी नबोदय बिद्यामन्दिर बोर्डिङ स्कुलका एल्बिन श्रेष्ठ फष्ट रनर अप बन्दै ५ हजार नगद, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेकाछन् । सियोन स्कुलका सोहन श्रेष्ठ सेकेन्ड रनर अप भएसङ्गै ३ हजार नगद ट्रफी र प्रमाण–पत्र प्राप्त गरेकाछन् ।

त्यस्तै पब्लिक मा.बि.फुस्रेका ह्यापिसन लिम्बू थर्ड रनर अप भएका थिए । उनले १ हजार ५ सय नगद, ट्रफी र प्रमाण–पत्र प्राप्त गरे।

सब टाईटल तर्फ हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलकी निवा प्रेमी लिम्बुले बेष्ट पफमेन्सको उपाधी प्राप्त गरिन।

यता के के इन्टरनेसनल स्कुलकी कृषा रामदामले बेस्ट भोकलको उपाधी जितिन भने नेपाल पुलिस स्कुलकी खुशिका दाहालले मोस्ट डिसिप्लिनको उपाधी हात पारिन।

ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलकी स्मृति बस्नेतले मस्ट एक्टिभको उपाधी प्राप्त गरिन भने मेलोडियस भोइसको उपाधी डिपोट सेकेन्डरी स्कुलकी शोनिम बिश्वकर्माले जितिन।

यसैगरी जेनिथ इङ्लिस स्कुलका इस्मान बिश्वकर्माले मोस्ट पङ्चुअलको उपाधी जिते भने बेस्ट सङ सेलेक्सनको उपाधी बुद्ध आदर्श बोर्डिङ स्कुलकी सुम्निमा राईले हात पारिन।

शिक्षा सन्देस सेकेन्डरी स्कुलका लब्युस धमला र स्मृति राईले क्रमशस्बेस्ट रिदम र इन्करेजमेन्ट अवार्ड हात पारे। देउराली चिल्ड्रेन एकेडेमीका पावल देवानले बेस्ट प्रेजेन्टेसनको उपाधी जिते भने सुमाखरी एकेडेमीकी जेशिका राईले फर्फेक्ट पिचको उपाधी हात पारिन।

प्रतियोगीताका बिजेता र सब टाईटल बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उप(महानगरपालिकाका उप प्रमुख अइन्द्र बिक्रम बेघा, स्कुल सिङ्गिङ च्यालेन्जका सल्लाहकार एबम महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक राजेस बिद्रोही, कार्यक्रमका सभाध्याक्ष हिमाल कार्की, किरातेश्वर माबिका प्रधानाध्यापक डा.योगेन्द्र पालुङ्वा, प्रतियोगिताका निर्णायकद्वय प्रशान्त शर्मा र प्रीया दोङ तामाङ् लगायतले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरे।

धरानका स्कुलहरुमा अध्ययनरत बिद्यार्थीहरु भित्र लुकेर रहेको गायन प्रतिभालाई उजागर गरि सही प्लेटफम प्रदान गर्न स्कुल सिङ्गिङ च्यालेन्जको आयोजना गरिएको (याडिकल लाईट नेपाल प्रा।लि। का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए।

गत भदौ १९ गते भएको पहिलो अडिसनमा धरान भरिका विभिन्न २८ बिद्यालयका ५१ जना प्रतिष्पर्धीमधेबाट ४१ जना दोश्रो चरणमा प्रबेस गरेका थिए। भदै (२५ गते भएको दोश्रो अडिसनबाट उत्कृष्ट १५ जना प्रतिष्पर्धीहरु फाईनलमा प्रबेस गरेका थिए।

शनिवार भारी वर्षा भए पनि दर्शकहरुको उल्लेख्य मात्रामा उपस्थिति थियो।

NEWA = 1

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

क्यानाडामा साकेला सिली

छाल खवर धरान,१ जेठः आफ्नो संस्कार संस्कृती सवैलाई प्यारो हुन्छ भन्ने उदाह ...

धरान लिगामेन्ट स्कूलमा प्रजातन्त्रको अभ्यास सहित न

छाल खवर धरान,११ जेष्ठः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ मा ...

दोस्रो दिनको खेलमा विराट भेट्रान बिजयी

छाल खवर धरान,१० जेष्ठ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगित ...

उद्घाटन खेलमा धरान भेट्रान विजयी

छाल खवर धरान,९ जेष्ठः चौथो संस्करणको “हाम्रो धरान भेट्रान फुटबल प्रति ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic