वडा सफा राख्ने अभियानमा माओवादी केन्द्र धरान–१९ ६२ औ हप्ताको सरसफाइ अभियान सम्पन्न

  • कार्तिक १३, २०८१
  • ६,५५१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ कार्तिकः नेकपा (माओवादी केन्द्र) धरान उप–महानगरपालिका १९ नम्बर वडा कमिटीद्धारा जारी सरसफाई अभियानले ६२ औ हप्ताको सफलता पार गरेको ।

पार्टीले संचालन गरेको सरसफाई अभियानले मङ्गलबार सम्पन्न भएको भएको सरसफाई कार्यक्रमबाट ६२ औं हप्ता पार गरेको हो ।

MAO = 2 पार्टीले गत भदौबाट पार्टीको जनता सङ्ग माओवादी बिशेष रुपान्तरण अभियानू कार्यक्रम अन्तर्गत ३ महिने अभियान सुरु भएता पनि १९ नम्बर वडा कमिटीले हालसम्म अभियानलाई जारी राखेको १ नम्बर प्रदेस कमिटी सदस्य सन्तोष लिम्बुले बताए।

१९ नम्बर वडा कमिटीले सुरुवात देखि नै वडाका बिभिन्न स्थानमा प्रत्येक शनिबार निरन्तर रुपमा सरसफाइ गर्ने काम गर्दै आएको छ।

आगामि शनिबार भने तिहार परेको हुनाले मङ्गलबार नै सरसफाइ अभियान गरिएको १९ नम्बर वडा कमिटीका अध्यक्ष सन्त तेम्बेको भनाई रहेको छ ।

पार्टीका नेता तथा कार्यकर्ताहरुले हात हातमा झाडु, गैति, हसिया लिएर धनकुटे रोड अन्तर्गत किरात चोकदेखि यलुङ चोकसम्म बाटोको छेउचाउ र नाली सरसफाई गरेका थिए ।

अभियानलाई सुरुवात देखि नै वडाबासिहरुले खाजा, पानी, सरसफाईको लागि गैति दिएर सहयोग गरेको अध्यक्ष तेम्बेको भनाई रहेको छ ।

वडावासीले माओवादीले संचालन गरेको अभियानलाई ९८ प्रतिशत वडाबासिहरुले सकारात्मक रहेको र सहयोग पनि गर्दै आएको वताए ।

अभियानको ६२ औ हप्तासम्म आईपुग्दा वडा भित्र धेरै कामहरु गर्न सफल भएको प्रदेस कमिटी सदस्य लिम्बुले बताए ।

वडा भित्रका विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको अध्यक्ष सन्त तेम्वेको दावी रहेको छ । अन्य वडा भन्दा १९ नं वडा कमिटी सकृय रुपमा काम गर्दै आएको छ ।

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

क्यानाडामा साकेला सिली

छाल खवर धरान,१ जेठः आफ्नो संस्कार संस्कृती सवैलाई प्यारो हुन्छ भन्ने उदाह ...

धरान लिगामेन्ट स्कूलमा प्रजातन्त्रको अभ्यास सहित न

छाल खवर धरान,११ जेष्ठः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ मा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic