पुस्तकालयलाई धरान खेलकुद मञ्चद्वारा नगद र पुस्तक सहयोग

  • मंसिर १६, २०८१
  • ५,६३५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ मंसिर ःधरान खेलकुद मञ्चले साकेला पुस्तकालाई १०० थान पुस्तक र नगद १० हजार रुपैया सहयोग गरेको छ ।

किरात राई यायोख्खाव्दारा धरान–१७ साकेला पार्कमा संचालित साकेला पुस्तकालयलाई धरान खेलकुद मञ्चले सो सहयोग गरेको हो ।

शनिवार आयोजित हस्तान्तरण कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बा, खेलकुद मञ्चका अध्यक्ष किशोर राई सहित पदाधिकारीहरूले पुस्तक हस्तान्तरण गरेका थिए ।

कोशी प्रदेश फुटवल संघका अध्यक्ष किशोर राई र उपप्राध्यापक विदुर राईले व्यक्तिगत रुप्मा पुस्तक प्रदान गरेका थिए ।

हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार हर्ष सुव्वा र प्रदेश फुटवल संघका अध्यक्ष किशोर राईले किरात राई यायोख्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, सचिव नवीन राईलाई हस्तान्तरण गरेका थिए ।

कोशी प्रदेश फुटबल सङ्घबाट पुस्तकालय सञ्चालनका लागि भौतिक सामाग्री जुटाउन नगद १० हजार रुपैयाँ सहयोग समेत हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सुव्वले डिजिटल प्रविधिको प्रयोग बढे पनि आदिवासी जनजाति सम्बन्धी नयाँ खोज अनुसन्धानका सामाग्रीलाई आधिकारीक रूपमा डिजिटलाइजेसन गर्न पुस्तकालयको महत्त्व भने नघटेको बताए ।

नेपालका आदिवासी जनजाति सम्बन्धी इतिहास, खोज, अनुसन्धानका पुस्तकहरूको छुट्टै संस्थागत पुस्तकालयको आवश्यकता खडकी रहेको बेला साकेला पुस्तकालय पहिलो माइल खुट्टीको रूपमा स्थापना भएको उनको भनाई थियो ।

किरात राई यायोख्खाका जिल्ला अध्यक्ष राजेन्द्र राईले साकेला पुस्तकालयलाई अत्याधुनिक पुस्तकालयको रूपमा विकास गर्ने योजना रहेको बताए ।

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

क्यानाडामा साकेला सिली

छाल खवर धरान,१ जेठः आफ्नो संस्कार संस्कृती सवैलाई प्यारो हुन्छ भन्ने उदाह ...

धरान लिगामेन्ट स्कूलमा प्रजातन्त्रको अभ्यास सहित न

छाल खवर धरान,११ जेष्ठः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ मा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic