धरानमा पत्रकारहरूको मौन जुलुस प्रदर्शन

  • मंसिर २४, २०८१
  • ३८९ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२४ंमंसिरःप्रेस स्वतन्त्रको माग गर्दै गर्दै धरानमा पत्रकारहरुले मौन जुलुस प्रर्दशन गरेकाछन् ।

नेपाल पत्रकार महासङ्घको आयोजनामा सोमवार धरानमा पत्रकारहरूले प्रेस स्वतन्त्रताको माग गर्दै मौन जुलुस प्रदर्शन गरेका हुन ।

धरान उपमहानगरपालिकाका स्थानीय प्रमुख प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जाल मार्फत धम्की दिएपछि पत्रकारहरू आन्दोलित भएको पत्रकार महासंघले जनाएको छ ।

मौन जुलुसमा सहभागी पत्रकारहरुले प्रेस स्वतन्त्रता कायम गर, शासक कि जनप्रतिनिधि? हामी यसको जवाफ चाहान्छौं ।, डर धम्की बन्द गर, नागरिकलाई थुक्न पाइँदैन, पत्रकारलाई थुक्न पाइँदैन लेखिएका पर्चा हात हातमा लिएका थिए ।

भानुचोक देखि उपमहानगरपालिका सम्म पुगेको जुलुस प्रवेशद्वारमा कोणसभा गर्दै समापन गरिएको थियो ।

कोणसभालाई सम्वोधन गर्दै वरिष्ठ पत्रकार हर्ष सुब्बाले पञ्चायतकालदेखि हालसम्म पत्रकारहरू असुरक्षित हुँदै गएको बताए । उनले लोकतन्त्र प्राप्तिका लागि लडेका पत्रकारहरूमाथि लोकतन्त्रको उन्नत अभ्यासबाट आएका जनप्रतिनिधिहरूबाटै असुरक्षित हुने अवस्था सिर्जना हुनु दुःखद भएको बताए ।

उनले नगर प्रमुख साम्पाङले गृहमन्त्री रमेश लेखकलाई पत्र पठाएको उल्लेख गर्दै अब ‘हिमाल खबरमा छापिएको समाचार बारे छानबिन हुनुपर्ने समाचार भए पत्रकार दाहाल र समाचार पुष्टि भए नगर प्रमुख स्वयं जिम्मेवार हुनुपर्ने बताए ।

महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले ‘नगर प्रमुखले गृहमन्त्रीलाई पठाएको पत्रमा पत्रकारलाई कारबाही गर्ने भनिएको विषय खेदजनक भएको वताए । उनले नक्कली माओवादीको विषय उनी आफू स्वयमले होइन भनी पुष्टि गर्न चुनौती दिए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic