बुढासुब्बा गोल्डकप थप व्यवस्थित गरीने

  • माघ ९, २०८१
  • ८९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ माघः धरानमा संचालन हुदै आएको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगितामा सुरक्षा व्यवस्था कडाइ गरिने भएको छ ।

यस पटकको २५ औं वुढासुव्वा गोल्डकपलाई थप व्यवस्थित गर्नको लागि सुरक्षा व्यवस्था कडाई गर्न लागिएको हो ।

वुधवार धरानमा भएको बैठकले गोल्डकपको रजत जयन्तीलाई सफलतापूर्वक रुपमा सम्पन्न गर्ने गरी तयारी गर्ने निर्णय गरेको छ ।

गोल्डकपको आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङको अध्यक्षतामा भएको बैठकमा सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम धरानका प्रमुख प्रहरी नायव उपरिक्षक देवेन्द्रबहादुर सिंह, राष्ट्रिय अनुसन्धान केन्द्र प्रदेश कार्यालय प्रमुख अनुसन्धान अधिकृत नवराज न्यौपाने, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी प्रमुख प्रहरी निरिक्षक विरेन्द्र थापा, इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक कोमल ठाकुर, प्रहरी निरिक्षक जीवनकुमार गौतम, धरान हङकङ मञ्चका पूर्व अध्यक्ष नानोचन्द्र लिम्बू, १६ नं. वडाका वडाध्यक्ष मुरारीप्रसाद भट्टराई, ८ नं. वडाका वडाध्यक्ष धनबहादुर राई लगायतको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले गेट इन्ट्रिलाई व्यवस्थित गर्नका लागी पहिलाको भन्दा बेग्लै तरिकाले व्यवस्थापन गरेको जानकारी दिए ।

गोल्डकप अवलोकन गर्न आउने पाहुनालाई भिभिआइपी कार्ड दिदा त्यसको दुरुपयोग हुने गरेकोले व्यस्थित गर्नका लागी ए प्लस कार्डको व्यवस्था गरिएको र गेट इन्ट्रिका लागी समेत छुट्टै गेटको व्यवस्था गरिएको वताए ।

अध्यक्ष तामाङका अनुसार टिकट काट्ने दर्शकका लागी रंगशालाको पूर्व उत्तरमा रहेको सानो गेट र मुख्य प्रवेशद्वारको दक्षिण तर्फको सानो गेट प्रयोग गरिनेछ ।

खेल चलिरहेको समयमा सुरक्षा व्यवस्थालाई चुस्त पारिने क्लबका अध्यक्ष तामाङको भनाई रहेको छ ।
यस पटक क्लबका तर्फबाट ५० जना सुरक्षा स्वयंसेवक, नीजि सुरक्षा गार्डहरुको समेत व्यवस्था गरिएको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक कोमल ठाकुरले मदिरा निषेध गर्न सुझाएका छन् ।

मैदान भित्र रहने स्टलमा मदिराजन्य पदार्थ विक्री नगर्न, मदिरा खाएर लठ्ठ भएकाहरुलाई प्रवेश निषेध गर्न र झोला समेत चेकजाँच गर्न सुझाव दिएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरिक्षक विरेन्द्र थापाले पार्किङलाई व्यवस्थित गर्नकालागी सडकको बिकल्प खोजेर व्यवस्थापन गर्नुपर्ने धारणा राखेका थिए ।

 

दोस्रो केरावारी गोरखा रनको उपाधि अमिर लिम्वूलाई

छाल खवर धरान,१ जेष्ठ ः दोस्रो गोर्खा केरावारी रनको उपाधि अमिर लिम्वूले हात ...

धरानका संस्थागत विद्यालयहरूको एसईई नतिजा ९३.४४ प्र

छाल खवर धरान,१ जेष्ठः धरान उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरू म ...

एस.ई.ईमा उत्कृष्ट सहित शतप्रतिशत नतिजा निकाल्द

छाल खवर धरान,३१ वैशाखः हिविस्कस इङलिस वोडिङ स्कुल धरान–१५ ले माध्यमिक ...

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic