युजिए कपको उपाधिका लागि ४ स्कुल फाइनलमा

  • माघ २६, २०८१
  • ५,६९२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ माघः युनाईटेड गोर्खा एकेडेमी धरान–१५ ले आयोजना गरेको ११ औं युजिए कप २०८१ को फाइनलमा ४ स्कुल पुग्न सफल भएकाछन् ।

जिल्ला स्तरीय अन्तर स्कुल भलिबल प्रतियोगितामा छात्रातर्फ पूर्वाञ्चल स्कुल तरहरा, धरान आर्दश र छात्रतर्फ जनता मावि ईटहरी र बालबिकास पकली फाईनलमा प्रवेश गरेका हुन ।

शुक्रबार भएको सेमिफाईनलमा छात्रातर्फ ६ टिम र छात्रतर्फ ३ वटा टिम बिच प्रतिस्पर्धा भएको थियो ।

सेमिफाईनल खेलको म्यान अफ द म्याच बाल बिकासका समिर गिरी भएका छन ।

खेलका म्यान अफ म्याचले नगद १२ सय रुपैया सहित मेडेल प्राप्त गरेका छन ।

प्रतियोगिताको तेस्रो स्थानको प्रतियोगिता छात्रातर्फ लर्ड बुद्ध रामधुनी र डिपोट स्कुल धरान बिच हुनेछ भने छात्रतर्फ पूर्वाञ्चल स्कुल तरहरा र सरस्वती मावि पनमारा बिच हुने भएको छ ।

प्रतियोगितामा २२ विद्यालयबाट ३७ टिम सहभागी रहेका थिए । प्रतियोगितामा २० वटा छात्र टिम र १७ वटा छात्रा टिम रहेको थियो ।

शनिवार (भोली) माघ २६ गते हुने फाईनल खेलको बिजेताले नगद २५ हजार,ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने उपबिजेताले २० हजार नगद ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी तेस्रो हुने टिमले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेद्धन् ।

व्यत्तिगत विधा तर्फ वेष्ट सर्भिस, वेष्ट डिफेन्स, बेष्ट सेटर, वेष्ट स्पाईकर, वेष्ट ब्लकर, वेष्ट प्लेयरले नगद १२ सय प्रमाणपत्र र ट्रफी पाउने भएका छन ।

युजिए स्कुलले भलिवललाई आफ्नो स्कुलको गौरवको विषय वनाउदै हरेक वर्ष युजिए कप गराउदै आएको छ ।

क्यानाडामा साकेला सिली

छाल खवर धरान,१ जेठः आफ्नो संस्कार संस्कृती सवैलाई प्यारो हुन्छ भन्ने उदाह ...

धरान लिगामेन्ट स्कूलमा प्रजातन्त्रको अभ्यास सहित न

छाल खवर धरान,११ जेष्ठः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ मा ...

दोस्रो दिनको खेलमा विराट भेट्रान बिजयी

छाल खवर धरान,१० जेष्ठ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगित ...

उद्घाटन खेलमा धरान भेट्रान विजयी

छाल खवर धरान,९ जेष्ठः चौथो संस्करणको “हाम्रो धरान भेट्रान फुटबल प्रति ...

अन्तर स्कुल बास्केटबलको उपाधी सुनाखरीलाई

छाल खवर धरान,९ वैशाखः अन्तर विद्यालय एस.ई.ई. बास्केटबल टुर्नामेन्ट–२० ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीवीच चुनावी प्रतिष

छाल खवर धरान,९ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का विद्यार् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic