कामना सेवा विकास बैंकको लोक गायक सुरेश गन्धर्बलाई आर्थिक सहयोग

  • मंसिर २१, २०७७
  • २८,४५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० मंसिर ः
रिंकीबुङको राँगोलाई ।।
चुङकेबुङको चुलेसीले ।।
ताप्लेजुङमा ताकेर ।।
कालेबुङमा काटेर ।।
अरुण तमोर तरौला ।।
तिते फापर छरौला ।।
फुल लाउँला केसरी ।।
खाउँला बेसरी ।।

कुनै समय निकै स्रोता माझ लोकप्रिय बनेको सिके श्रेष्ठले रचना गरेको गीतका गायक हुन सुरेश गन्धर्बलाई उपचारका लागि कामना सेवा विकास बैंकले ५० हजार सहयोग गरेको छ ।

129055721_1345500525795629_8727807639869670990_n उनी पछिल्लो केही समययता मुटुरोग, युरिक एसिड (वाथ), सुगर (मधुमेह), प्रेसर,थाइराइड जस्ता रोगहरूबाट ग्रसित वनेकाछन् ।

उनलाई कामना सेवा विकास बैंकको प्रदेश नं १ का प्रदेश प्रमुख सुजन छाराहाङले गन्धर्बको धरान– ८ स्थित डेरामा नै पुगेर चेक हस्तान्तरण गर्नुभएको थियो ।

चेक हस्तान्तरणसंगै छाराहाङले आफूले गर्व गर्न लायक गायक गन्धर्व भएपनि प्रदेश १ मा नै रहेको बारेमा आफूलाई जानकारी नभएको वताउदै प्रत्यक्ष भेटन पाउदा खुशी लागेको वताउनु भयो ।

 चेक हस्तान्तरण पश्चात उहाले गायक गन्धर्बको स्वास्थ्य लााभको कामना समेत गर्नुभयो ।

गन्धबको २०४९ सालमा धनकुटाको देब्रेवासमा रहेको रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रमा रिङकेवुङके राँगोलाई बोलको गीत रेकड भएको थियो ।

लोक गायक गन्धर्बले शरीरमा तागत हुँदा सम्म आफ्नो मौलिक संस्कृतिलाई जोगाउन कम्मर कसेर लागीरहने वताउनु भयो ।

129815336_739033090300559_225533480860198695_n

स्वास्थ्यमा सुधार हुदै गएको खण्डमा आफू अझैपनि गीत गाएर र सारंगी बजाएर स्रोताको मन जित्ने जोश जागर आफूमा अझै रहेको वताउनु भयो ।

६५ वर्ष अघि भोजपुरको जरायोटारमा जन्मिएका गन्धर्ब सानै उमेर देखि नै सारङ्गी बजाउदै गाउदै धेरै स्रोताको मन जित्न सफल भएका थिए ।

लामो समय देखि कर्मथलो धरानलाई बनाएका सुरेश गन्धर्व यति बेला धरान–८ बरगाछीमा कोठा भाँडामा बस्छन् ।

एकहप्ताको बसाईपछि उनी स्वास्थ्यमा सुधार भएपछि ३ दिन अघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाबाट डिस्चार्ज भएर डेरामा आएकाछन् ।उनको स्वास्थ्यमा सुधार आएको छ ।

 

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic