काँग्रेस नेता मीन विश्वकर्माको अवस्था गम्भीर

  • कार्तिक १४, २०७७
  • ३३,६९२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ कार्तिक ः नेपाली काँग्रेसका प्रभावशाली नेता मीन विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको संक्रमणबाट ग्रसित विश्वकर्माको ग्रान्डी अस्पतालको आइसियुमा उपचार भइरहेको उनका आफन्तले जानकारी दिएका छन् ।

विश्वकर्मालाई कात्तिक १ मा कोरोना भाइरसको पुष्टि भएको थियो । चार दिन घरमै होमआइसुलेसनमा रहेका विश्वकर्माको श्वासप्रश्वासमा समस्या बढेपछि वीर अस्पताल लगिएको थियो ।

उनको अवस्था झन् बिग्रिएर भ्यान्टिलेटरसम्मको आवश्यकता पर्न सक्ने भएपछि ग्रान्डी अस्पताल लगिएको पारीवारीक स्रोतले जनाएको छ ।उनलाई चार दिनयता आइसियूमा राखिएको र अवस्था गम्भीर रहेको बुझिएको छ ।

पूर्व बाणिज्य मन्त्री समेत रहेका विश्वकर्माका आफन्त विवश पौडेलका अनुसार घरमा आइशोलेशनमा रहँदा नै स्वासप्रश्वासको समस्या बढेको थियो ।

कोरोना संक्रमण पुष्टि भएको दुई हप्ता हुँदा सम्म अवस्थामा सुधार नभएपछि आफूहरु चिन्तित भएको पौडेलले बताए ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic