काँग्रेस नेता मीन विश्वकर्माको अवस्था गम्भीर

  • कार्तिक १४, २०७७
  • ३३,२७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ कार्तिक ः नेपाली काँग्रेसका प्रभावशाली नेता मीन विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको संक्रमणबाट ग्रसित विश्वकर्माको ग्रान्डी अस्पतालको आइसियुमा उपचार भइरहेको उनका आफन्तले जानकारी दिएका छन् ।

विश्वकर्मालाई कात्तिक १ मा कोरोना भाइरसको पुष्टि भएको थियो । चार दिन घरमै होमआइसुलेसनमा रहेका विश्वकर्माको श्वासप्रश्वासमा समस्या बढेपछि वीर अस्पताल लगिएको थियो ।

उनको अवस्था झन् बिग्रिएर भ्यान्टिलेटरसम्मको आवश्यकता पर्न सक्ने भएपछि ग्रान्डी अस्पताल लगिएको पारीवारीक स्रोतले जनाएको छ ।उनलाई चार दिनयता आइसियूमा राखिएको र अवस्था गम्भीर रहेको बुझिएको छ ।

पूर्व बाणिज्य मन्त्री समेत रहेका विश्वकर्माका आफन्त विवश पौडेलका अनुसार घरमा आइशोलेशनमा रहँदा नै स्वासप्रश्वासको समस्या बढेको थियो ।

कोरोना संक्रमण पुष्टि भएको दुई हप्ता हुँदा सम्म अवस्थामा सुधार नभएपछि आफूहरु चिन्तित भएको पौडेलले बताए ।

धरान–६ मा एमालेको निर्वाचन परिचालन कार्यालय स्थाप

छाल खवर धरान,१७ माघः नेकपा एमालेले सुनसरी क्षेत्र नं १ मा चुनाव प्रचार प्रस ...

हिविस्कस स्कुलद्धारा सहिदको सम्मान

छाल खवर धरान,१६ माघः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान १५ ले सहिदहरुलाई सम्म ...

धरानमा प्रेस सेन्टर नेपालको २२ औं स्थापना

छाल खवर धरान,१५ माघः प्रेस सेन्टर नेपाल सुनसरीले आफ्नो स्थापनाको २१ वर्ष पू ...

नेकपाको धरान–१६ मा निर्वाचन परिचालन कार्यालय उद्घ

छाल खवर धरान,१४ माघः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धरान– १६मा न ...

एमाले सुनसरी–१ मा ७०७ निर्वाचन परिचालन कमिटी घोषण

छाल खवरधरान,१४ माघः नेकपा एमाले सुनसरी क्षेत्र नं १ ले ७०७ सदस्यीय निर्वाचन ...

सुनसरी क्षेत्र नम्वर १ मा निर्वाचन तयारी तीव्र– नि

छाल खवर धरान,१३ माघः निर्वाचन अधिकृतको कार्यालय सुनसरी १ ले सुनसरी क्षेत्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic