श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

  • वैशाख २५, २०८३
  • २६ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने सहमति भएको छ ।
विहिवार रातिसम्म भएको दुवै पक्षवीचमा भएको सहमति अनुसार सुदन किरातीले श्रम संस्कृति पार्टीमा बरिष्ट नेताको जिम्मेवारी पाउने सहमति भएको हो ।
सहमति अनुसार सुदन समूहलाई श्रम संस्कृति पार्टीमा १ उपाध्यक्ष, १ सचिव र १५ जना केन्द्रीय सदस्य पाउने सहमति भएको किराती पक्षका एक नेताले जानकारी दिएकाछन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमाओवादी नेता किरातीबीच यस सम्बन्धी सहमति बिहीबार राति ललितपुरमा भएको थियो । उनीहरुले काठमाडौंको बागबजारमा औपचारीक कार्यक्रम गरी पार्टी एकताको औपचारिक घोषणा गर्दैछन् । एकता घोषणा कार्यक्रम अपराह्न तीन बजे बागबजारको हार्दिक होटलमा राखिएको छ ।
भोजपुरका सुदन किराती पूर्वमाओवादी नेता हुन् । उनी पर्यटनमन्त्री समेत बनेका थिए । तर, जेनजी आन्दोलनपछि प्रचण्ड, माधव नेपालसहितका नेताहरुले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा असहमत हुँदै उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा लागेका थिए ।
माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पहलमा खोलिएको प्रलोपामा सुदन किराती पाँच सदस्यीय अध्यक्ष परिषदको एक सदस्य थिए । २१ फागुनको निर्वाचनपछि भने उनले पार्टी परित्यागको घोषणा गरेका थिए ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic