हिविसकस वोडिङ स्कुलमा महिला प्रिन्सिपल नियुक्त

  • माघ २३, २०७९
  • २६,२८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ माघ ः हिविसकस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा महिला प्रिन्सिपल नियुक्त हुनु भएको छ ।

स्कुल व्यवस्थापन समितिको निर्णय अनुसार सोमवारबाट पार्वति लिम्वुलाई प्रिन्सिपल नियुक्ती गरीएको हो ।

second photo

स्कुलको शेयर सदस्य रहनु भएकी लिम्वुलाई प्रिन्सिपलमा नियुक्त गरीएको विद्यालयका मेनेजिङ डाइरेक्टर गंगाराम राईले जानकारी दिनुभएको छ ।

प्रिन्सिपल नियुक्त भएपछि लिम्वुले आफुलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा व्यवस्थापनलाई धन्यवाद दिदै विद्यालयको सर्वोपरी हित र विकासका लागि आफूले समय खर्च गर्ने वताउनु भयो ।

नव नियुक्त लिम्वुले सिङ्गो संस्था हाक्नको लागि एक्लैले मात्र संभव नहुने वताउदै शिक्षक अभिभावकसंग हातेमालो गरी सवैको सहयोग र सल्लाह लिएर अघि वढने वताउनु भयो ।

उहाँको नेतृत्वमा स्कुलले थप उचाई लिने विश्वास लिइएको स्कुलका मेनेजिङ डाइरेक्टर गंगाराम राईको भनाई रहेको छ ।

news photo

प्रिन्सिपल लिम्वुले अंग्रेजी र लैङगिक हिंसा विषयमा स्नातकोत्तर उर्तीण गर्नु भएको छ भने एक्सन एड र उप्का नेपाल नामक एनजिओमा कार्यक्रम अधिकृतको रुपमा कार्यगरी अनुभव हासिल गरी सक्नु भएकोछ ।

 

 

 

 

 

 

 

 

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic