बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइनलमा

  • जेठ १२, २०८३
  • ११९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लबलाई ५–१ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरानमा जारी चौथो ‘हाम्रो भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा हाम्रो भेट्रान फुटवल क्लवले वेलका फुटवल क्लवलाई पराजित गरेको हो ।

धरान रङ्गशालामा भएको खेलमा आयोजक हाम्रो भेट्रानले सुरु देखिनै आक्रामक खेल प्रदर्शन गरेको थियो । टोलीको जितमा जीवन लिम्बु र पदम राईले दुई÷दुई गोल गरे ।

जीवनले खेलको ११औँ र ३०औँ मिनेटमा गोल गरेका थिए भने पदमले २५औँ र २९औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाए । दोस्रो हाफको ३७औँ मिनेटमा अशोक राईले थप एक गोल गर्दै हाम्रो भेट्रानको जित सुनिश्चित गरे ।

बेकाकालागि ५६औँ मिनेटमा केशव राईले एक गोल फर्काए ।खेल अवधिभर पाएका केही राम्रो अवसरलाई सदुपयोग गर्न नसक्दा बेलका क्वाटर फाइनलबाटै बाहिरिएको हो ।

खेलको म्यान अफ द म्याच राकेश राई घोषित भए । उनले नगद द्द हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ६० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीमा धरान भेट्रान, मिल्स भेट्रान, पूर्वेली भेट्रान, हाम्रो इटहरी भेट्रान, भरौल भेट्रान, विराट भेट्रान, हाम्रो धरान भेट्रान तथा बेलका भेट्रान रहेका छन् ।
मंगलवारको खेल पूर्वेली भेट्रान र हाम्रो इटहरी भेट्रान बिच हुने आयोजकले जनाएको छ ।्

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

क्यानाडामा साकेला सिली

छाल खवर धरान,१ जेठः आफ्नो संस्कार संस्कृती सवैलाई प्यारो हुन्छ भन्ने उदाह ...

धरान लिगामेन्ट स्कूलमा प्रजातन्त्रको अभ्यास सहित न

छाल खवर धरान,११ जेष्ठः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ मा ...

दोस्रो दिनको खेलमा विराट भेट्रान बिजयी

छाल खवर धरान,१० जेष्ठ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगित ...

उद्घाटन खेलमा धरान भेट्रान विजयी

छाल खवर धरान,९ जेष्ठः चौथो संस्करणको “हाम्रो धरान भेट्रान फुटबल प्रति ...

अन्तर स्कुल बास्केटबलको उपाधी सुनाखरीलाई

छाल खवर धरान,९ वैशाखः अन्तर विद्यालय एस.ई.ई. बास्केटबल टुर्नामेन्ट–२० ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic