क्यानाडामा साकेला सिली

  • जेठ ११, २०८३
  • ९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,१ जेठः आफ्नो संस्कार संस्कृती सवैलाई प्यारो हुन्छ भन्ने उदाहरण क्यानाडामा वस्ने प्रवासी नेपालीहरुले प्रस्तुत गरेकाछन् ।

क्यानाडामा वस्ने किरात राई समुदायले क्यानाडाको ब्रिटिस कोलम्बिया राज्यमा साकेला सिली प्रदर्शन गरेर आफ्नो मौलिक संस्कृतिको जर्गेना गरेका हुन उभौली चाडको अवसरमा मे २३ शनिबारका दिन कार्यक्रम आयोजना गरिएको थियो । साकेला सिली सो क्षेत्रमा पहिलो कार्यक्रम बनेको छ ।

ब्रिटिस कोलम्बिया राज्यको सरि स्थित बियर क्रिक पार्कमा आयोजना गरिएको कार्यक्रममा किराती तथा गैर किराती समुदायको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा कोलम्बिया विश्वविद्यालयमा पीएचडी गर्दै गरेकी अनुदिप देवान र रिस्ता राईले साकेला सिलीको बारेमा आप्mनो धारणा राखेका थिए । कार्यक्रममा सो क्षेत्रका किरात राई समुदायका जेष्ठ नागरिक अरुण राईलाई फेटा लगाएर सम्मान गरिरएको थियो । यसैगरि कार्यक्रममा किरात राई यायोक्खा पूर्व महासचिव सोमा राईलाई सांस्कृतिक जागरण योद्धाको रुपमा सम्मान गरिएको थियो ।

विदेशमा व्यस्त समय बचाएर साकेला सिलीको आयोजना गरिएको कार्यक्रम संयोजक सञ्जय याङबाङले बताए । उनकाअनुसार व्यक्तिगत रुपमा रकम जम्मा गरेर साकेला सिलीमा प्रयोग हुने सांस्कृतिक बाजा नेपालबाट खरिद गरि ल्याएका थिए । ब्रिटिस कोलम्बिया राज्यमा पहिलो पटक भएको सो कार्यक्रम सफल बनाउन कार्यक्रमको व्यवस्थापन अनुदिप देवानले गरेका थिए भने सिलीको नेतृत्व राजेशन राईले गरेका थिए ।

किराती परम्परागत खानाको स्वाद चखाउन चाम्रे, गुन्द्रुकको अचार, वाचिपा ९तिते०, फिलुङ्गेको अचार लगायत नेपाली खानाको परिकारहरु समावेश गरीएको थियो ।

धरान लिगामेन्ट स्कूलमा प्रजातन्त्रको अभ्यास सहित न

छाल खवर धरान,११ जेष्ठः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ मा ...

दोस्रो दिनको खेलमा विराट भेट्रान बिजयी

छाल खवर धरान,१० जेष्ठ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगित ...

उद्घाटन खेलमा धरान भेट्रान विजयी

छाल खवर धरान,९ जेष्ठः चौथो संस्करणको “हाम्रो धरान भेट्रान फुटबल प्रति ...

अन्तर स्कुल बास्केटबलको उपाधी सुनाखरीलाई

छाल खवर धरान,९ वैशाखः अन्तर विद्यालय एस.ई.ई. बास्केटबल टुर्नामेन्ट–२० ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीवीच चुनावी प्रतिष

छाल खवर धरान,९ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का विद्यार् ...

जनता समाजवादी पार्टीको दुइ दिने प्रशिक्षण सम्पन्न

छाल खवर धरान,५ जेष्ठः जनता समाजबादी पार्टीले प्रदेश १ समितिले दुइदिने अगुवा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic