धरान लिगामेन्ट स्कूलमा प्रजातन्त्रको अभ्यास सहित नेता चयन

  • जेठ ११, २०८३
  • ६९९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,११ जेष्ठः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ मा विद्यार्थीहरूले आफ्नो नेता चयन गरेकाछन् ।

स्कुलले प्रजातन्त्रको अभ्यास तथा आफ्ना मताधिकारप्रति चेतना अभिवृद्धि गराउने उद्देश्यले चार सदनको निर्वाचन प्रकृया मार्फत नेता चयन गरेका हुन ।

निर्वाचन समितिका अनुसार विद्यालय क्याप्टेनमा चेसुङ लिम्बू कक्षा १०तथा उप–विद्यालय क्याप्टेनमा जोयमाओ लिम्बू कक्षा ७ विजयी घोषित भएका छन् ।

DHARAN LIGAMENT SCHOOL NEWS PHOTO = 2 त्यसैगरी सदनगत परिणाम अनुसार रातो सदनबाट कप्तान तुफान मगर कक्षा १० तथा उपकप्तान प्रणिल लिम्बू कक्षा ८ विजयी छन भने निलो सदनबाट कप्तानमा कक्षा ९का याङसाब राई तथा उपकप्तानमा कक्षा १० का इजोन कार्की विजयी भए।

यता हरियो सदनबाट कप्तानमा कक्षा १० की सोनिया घिमिरे तथा उपकप्तानमा कक्षा ६ का बोहान लिम्बू विजयी भए भने पहेँलो सदनबाट कप्तानमा कक्षा १० का समाहङ राई तथा उपकप्तानमा रिजिन राई विजयी भएका थिए।निर्वाचनमा ५ कक्षा देखि १० कक्षा सम्मका कुल २९१ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

निर्वाचन सम्पन्न पश्चात् सोही दिन विजयी सम्पूर्ण विद्यार्थीहरूलाई ब्याज वितरण गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल तेज मान लिम्वूले नव–निर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

यसैबीच विहानको प्राथनाको समयमा शपथ तथा गोपनीयताको कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा निर्वाचित विद्यार्थीहरूले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै विद्यालयको नेतृत्वमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

निर्वाचनलाई व्यवस्थित र सफल बनाउन विद्यालयको अनुशासन विभागका प्रमुख अशोक राईलाई निर्वाचन आयुक्त तथा अनु गुरुङ, ऐश्यत्या तामाङ, कृष्ण वस्ती, र नमिता लिम्बूलाई मतदान अधिकृतका रूपमा चयन गरिएको थियो।

विद्यार्थीहरुमा नेतृत्व चयन ,निर्वाचन प्रणाली र लोकतान्त्रिक व्यवस्थाको ज्ञान दिनको लागि निर्वाचन गरीएको स्कुलका प्रिन्सिपल तेजमान लिम्वुले वताए ।

 

दोस्रो दिनको खेलमा विराट भेट्रान बिजयी

छाल खवर धरान,१० जेष्ठ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगित ...

उद्घाटन खेलमा धरान भेट्रान विजयी

छाल खवर धरान,९ जेष्ठः चौथो संस्करणको “हाम्रो धरान भेट्रान फुटबल प्रति ...

अन्तर स्कुल बास्केटबलको उपाधी सुनाखरीलाई

छाल खवर धरान,९ वैशाखः अन्तर विद्यालय एस.ई.ई. बास्केटबल टुर्नामेन्ट–२० ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीवीच चुनावी प्रतिष

छाल खवर धरान,९ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का विद्यार् ...

जनता समाजवादी पार्टीको दुइ दिने प्रशिक्षण सम्पन्न

छाल खवर धरान,५ जेष्ठः जनता समाजबादी पार्टीले प्रदेश १ समितिले दुइदिने अगुवा ...

एसईईमा उर्तीण ४४ विद्यार्थीलाई सुनाखरी एकेडेमीद्धा

छाल खवर धरान,५ जेष्ठः सुनाखरी एकेडेमी धरानले एस.ई.ई–२०८२ मा उत्तीर्ण ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic