छाल खवर
धरान,५ जेष्ठः जनता समाजबादी पार्टीले प्रदेश १ समितिले दुइदिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम धरानमा सम्पन्न गरेको छ ।
प्रदेश अध्यक्ष गणेश राईको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष अशोक कुमार राईले दुई दिवसिय प्रदेश स्तरिय प्रशिक्षक प्रशिक्षण दिएका थिए ।
धरान–१९ स्थित हरियाली सामुदायिक भवनमा जेष्ठ २ र ३ गते सम्मपन्न सो प्रशिक्षण कार्यक्रममा १ न प्रदेश समिती,४ वटै राष्ट्रिय समिती र १४ वटै जिल्ला समितीका पदाधिकारीहरुको सहभागिता रहेको थियो।
प्रशिक्षणको क्रममा देशको बर्तमान परिस्थिति, समसामयिक राजनैतिक अवस्था र पार्टीको आगामी कार्यदिशा सम्बन्धमा पार्टी अध्यक्ष अशोक कुमार राईले प्रशिक्षण दिएका थिए ।
अध्यक्ष राईले हालका राजनैतिक दलहरु चुनाव जित्ने, सरकार बनाउने र निमुखा जनताहरुमाथी शासन गर्ने सम्मको उदेश्य रहेको तर जनता समाजबादी पार्टीको भने चुनाव जित्दै सरकार बनाउने भन्दा पनि जनतालाई अधिकार सम्पन्न गर्ने लक्ष्य लिएकोले आफूहरु अन्य पार्टी भन्दा भिन्न रहेको बताए ।
उनले पहिचान सहितको संघीयता र पुर्ण समानुपातिक राज्य ब्यबस्था स्थापित गरि जातिय जनसंख्याको आधारमा राज्यको हरेक अङ्गमा जनताहरुको प्रतिनिधित्वको ब्यबस्था गर्ने कार्यनिती रहेकोले सोहि अनुसार जनताहरुको घर दैलोमा पुगेर आफ्नो पार्टीको कुरा राख्न निर्देशन समेत दिएका थिए ।
त्यसैगरी आगामि प्रदेश सभाको निर्बाचनमा मधेश प्रदेश बाहेक बाकि रहेका प्रदेशहरुको नामलाई पहिचानको आधारमा राख्ने उदेश्यका साथ निर्बाचन केन्द्रित कार्यक्रमहरु सञ्लन गर्न निर्देशन दिएका थिए ।
सोहि कार्यक्रममा पार्टीका उप महासचिव तथा प्रदेश ईन्चार्ज रमेश राईले पार्टी बिधानमा भएको ब्यबस्थाको बारेमा,कार्यकारिणी सदस्य भिम राईले संगठन सञ्चालन बिधी र प्रशिक्षणको मोडालिटीको बारेमा प्रशिक्षण दिएका थिए । समाजबादी कानुन ब्याबशायि महासङ्गका अध्यक्ष अधिबक्ता दिपक राईले नेपालको बर्तमान कानुनि ब्यबस्थाले उत्पन्न गराउने समस्यामा पार्टीको धारणाको बारेमा प्रशिक्षण दिएका थिए ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic