धरान नगरमा तीन जना सभापतिको प्रतिष्पर्धामा सवैको कांग्रेसलाई तिनै तहको निर्वाचन जिताउने साझा एजेण्ड

  • साउन ३, २०७८
  • ५१,०७० पटक पढिएको
  • छाल खबर
alt

भोला श्रेष्ठ
छाल खवर

धरान,३ साउन ःसत्तारुढ दल नेपाली कांग्रेस यतिवेला आफ्नो आन्तरीक चुनावको तयारीमा होमिएको छ । १४ औं महाधिवेशनसंगै केन्द्रदेखि स्थानीयस्तरसम्म नेतृत्व चयनका लागि नेता कार्यकर्ताहरु दौडधुपमा सकृय रहेकाछन् । धरान उपमहानगर समितिको सभापतिका पदका लागि हालसम्म ३ जना आकांक्षि देखिएकाछन् ।

नेपाली कांग्रेसका पूर्व धरान नगर सभापति किशोर राई,वर्तमान नगर सचिव श्याम पोख्रेल र क्रियाशिल सदस्य अजय राई सभापति पदका लागि मैदानमा होमिएकाछन् ।

किशोर राई  १२ औं महाधिवेशनमा धरान नगर सभापति निर्वाचित भएका थिए भने उनी हाल जिल्ला सदस्य रहेकाछन् ।उनी धरानमा निकै लोकप्रिय रहेकाछन् ।

लोकप्रियताको कारण निर्वाचित हुनेमा आफु ढुक्क रहेको उनको दावी रहेको छ ।आफूले हरेक कार्यकर्ताहरुको दुःखसुखमा साथ दिएकोले कार्यकर्ताले मत दिने र भारी मतले निर्र्वाचित गराउनेमा आफू ढुक्क रहेको दावी रहेकाछन् ।

तेहौं महाधिवेशन पछि पदाधिकारीमा नरहेपनि पार्टी कार्यकर्ताहरुको सवै काममा सकृय भएर साझा समस्या वनाउदै सवैको काममा सहभागी भएको र पुराना नेता कार्यकर्ताहरुको योगदानको सम्मान र पुराना पुस्ताको जोश जागर र उर्जालाई एकिकृत गरी पार्टीलाई उर्जावान वनाउने आफ्नो लक्ष्य रहेको राईको भनाई रहेको छ ।

आफू सभापतिमा निर्वाचित भएमा आगामी निर्वाचनमा केन्द्र,प्रदेश र स्थानीय सवै तहको निर्वाचनमा पार्टीका उम्मेद्वारीलाई भारी मतले निर्वाचित गराउने दावी समेत गरेकाछन् ।

जित्ने आधारको दावी

धरानको सिंगो नेपाली कांग्रेस पार्टीको संगठन मजवुत वनाउने,पार्टी भित्रको विविधतालाई एकता गराउने क्षमता,सवैसंग मिलेर जाने स्वभाव,सवैको विचमा लोकप्रियता,पार्टी सभापति हुदा सवै कार्यकर्ताहरुको मनमा वस्न सफल,गुरुयोजना वनाएर काम गर्न सक्ने क्षमता भएको, टिममा समावेशीता,र वर्तमान नेतृत्वको कार्यसम्पादनको असक्षमताका कारण आफू सक्षम उम्मेद्वार वनेकोले पनि आफू जित्ने आधार रहेको छ । नेतृत्वको अनुभववाट खारिएको व्यक्तित्व थप आधार हो ।

श्याम पोख्रेलः श्याम पोख्रेल वर्तमान कार्यसमितिका सचिव हुन् । विद्यार्थी राजनीतिबाट खारिएर पार्टी राजनीतिमा उदायका युवा हुन् ।

उनले धरानको कांग्रेसको राजनीतिकलाई भित्रिरुपमा वुझेका पोख्रेल आफू नेतृत्वमा आएको खण्डमा निकै ठूलो परिवर्तन आउने दावी गर्छन ।

वर्तमान कार्यसमितिका अधिकांश पदाधिकारीहरुको सल्लाहमा नै आफू प्रत्यासी वनेको र वहुसंख्यक क्रियाशिल सदस्यहरुको चाहाना र माग अनुसार नै आफूले उम्मेदवारी दावी गरेको र जित्ने दावी समेत गरेकाछन् ।

आफु सचिव भएको अवस्थामा पार्टीले निकै ठूलो उपलव्धि गरेकोले पनि त्यसलाई संस्थागत गर्नको लागि पनि आफूलाई मतदाताले विजयी गराउने कुरामा आफू ढुक्क रहेको उनी दावी गर्छन् । धरानका पुराना कांग्रेस नेताहरु समेत आफ्नो पक्षमा रहेको समेत उनको जिकिर रहेको छ ।

पार्टीमा निर्विवाद रुपमा काम गरेको र पार्टीमा कुनै छवी नविग्रेको भएर पनि आफूलाई जिताउने उनको भनाई रहेको छ । स्वच्छ छवि र युवा नेतृत्व कार्यकर्ताको माग भएर पनि आफूले भारी मतका साथ नगर सभापति जित्ने पक्कापक्कि रहेको पोख्रेलको दावी रहेकोेछ ।

जित्ने आधारको दावी

वर्तमान कार्यसमितिको साथ र सहयोग रहेको ।
युवा पुस्ताको लोकप्रियता ।
वर्तमान कार्यसमितिमा रहदा करिव ६ दशक पछि पार्टीलाई विजयी गराउन सफल भएको ।
झोलामा रहेको नेपाली कांग्रेसलाई आफ्नै भवन निर्माण गरी आफ्नै भवनमा सञ्चालन गर्ने तयारीमा रहेको ।
आगामी दिनमा केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई सजिलै निर्वाचित गराउन सक्ने आफूमा विश्वास पैदा भएकोले पनि आफ्नो नेतृत्व आवस्यक छ ।
अग्रह नेता कार्यकर्ताहरुको पूर्ण समर्थन रहेको ।
१३ औ महाधिवेशनबाट निर्वाचित भएपछि गरेका उपलव्धिलाई संस्थागत गर्दै आगामी दिनमा पार्टीलाई सशक्त वनाएर शक्तिशाली पार्टी निर्माण गर्ने क्षमता भएकोले पनि जित सुनिश्चित रहेको छ ।

अजय राई ः नेपाली कांग्रेस पार्टीमा क्रियाशिल व्यक्तित्व हुन अजय राई । पार्टी जिम्मेवारीमा नरहेपनि पार्टीको काममा अहारोत्र खटीरहेकाछन् । उनलाई धरानका पुराना नेता विनोद कुमार राईको साथ र सहयोग रहेको छ ।

नेपाल विद्यार्थी संघ धरान नगर समितिको सभापति भई पार्टीमा निरन्तर क्रियाशिल रहेका राई पार्टी हितको निम्ति अहोरात्र लागि रहेकाछन् ।

पार्टीको आन्तरीक काममा व्यस्त रहेका राई अरु उम्मेदवारको तुलनामा निकै सकृय रहेका छन् । वुद्धिजिविहरु र अन्य क्षेत्रका कार्यकर्ताहरुसंगको भेटघाटमा उनी सकृय रहेकाछन् । धरान नगरपालिकाको नगर विकास समितिको अध्यक्ष भएर धरानको विकासको अनुभव समेत संहालेका राई धरानको विकासका वारेमा निकै चिन्तित रहेकाछन ।

एक व्यक्ति एक पदको नारा
नयाँ विचार नयाँ नेतृव
नेपाली कांग्रेस धरान भित्र रहेको अदृश्य वेथिति र विसंगति केही अराजक क्रियाकलाप विरुद्ध पार्टीलाई विधिसम्मत चलाउने
२० वटै वडामा कार्यालय संचालन गरी कार्यकर्ताहरुलाई सकृय गराउने
आगामी निर्वाचनमा तीन तहको निर्वाचनमा आफ्ना उम्मेद्वारलाई विजयी गराउने ।
कार्यकर्ताहरुलाई योग्यता क्षमता अनुसारको रोजगारीको अवसर श्रृजना गर्ने र आर्थिक क्रान्ति गर्ने ।

किशोर राई र श्याम पोख्रेल र अजय राईवीच त्रिपक्षीय प्रतिष्पर्धा हुने कार्यकर्ताहरुको भनाई रहेको छ । पोख्रेल वर्तमान कार्यसमितिमा रहेको र युवा नेता भएकोले उनको संभावना कम नरहेको कार्यकर्ताहरुको भनाई रहको छ भने किशोर राई १२ औं महाधिवेशनमा धरान नगर सभापतिमा निर्वाचित भएका थिए ।

पुराना पुस्ता र वौद्धिक व्यक्तित्वहरुको समर्थन उनलाई रहेकोले पनि उनको पक्षमा पल्लाभारी रहेको अर्का थरी कार्यकर्ताहरुको दावी रहेको छ । राईलाई पार्टी वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको समेत समर्थन रहेकोले पनि राईलाई जित्नको लागि सहज हुने अनुमान गरीएको छ ।

राईलाई प्रतिनिधि सभा सदस्य मिन विश्वकर्मा र निवर्तमान प्रदेश प्रमुख गोविन्द सुव्वाको समेत साथ र समर्थन रहेकोले पनि उनलाई विजय हासिल गर्न थप मद्धत पुग्ने धेरैको अनुमान रहेको छ ।

कुन वडामा कति मतदाता

धरान उपमहानगरका २० वटा वडाका ४६७४ (राप्रपाबाट आएका वाहेक) जनाले पार्टी सभापति चयनका लागि मतदान गर्नेछन् ।
कुन वडामा कति मतदाता डाटा सहित

nc-data-final-photo 12345

 

प्रहरी वरिष्ठ नायव निरीक्षक थापालाई १ लाख रुपैयाँ

छाल खवर धरान,३०असोजः यसपटकको साधनादेवी प्रहरी पराक्रम पुरस्कार’ प्रहर ...

उपप्रमुख पदलाई अपमानित गरेको ६ दलको आरोप

छाल खवर धरान,३०असोजः धरानका नगरप्रमुख हर्कराज राईले उपप्रमुख पदलाई अपमानित ...

झापाको दुधेको एक होटेलबाट नगद सहित १२ जना जुवाडे

छाल खवर धरान,२९ असोजः चाडवाडको मौका छोपी तास जुवा खेल्नेहरु निकै सलवलाउन था ...

एन्फा एकेडेमीले खेलकुदसंगै पढाईलाई प्राथमिकता दिएक

छाल खवर धरान,२२ असोजः कोशी प्रदेश फुटवल संघका अध्यक्ष किशोर राईले एन्फा एके ...

हिबिस्कस बोर्डिङ स्कुलमा शुभकामना आदान प्रदान

छाल खवर धरान,२२ असोजः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले दशैको ...

ब्याडमिन्टन प्रतियोगिताको उपाधी चन्द र तामाडको पो

छाल खवर धरान,२१ असोजः धरानमा भएको खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताक ...

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic