एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

  • वैशाख ५, २०८३
  • ६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थीहरूले कक्षा(१२ को अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच बिदाई गरेका छन्।

शनिबार धरान(१५ स्थित सदन सभा हलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई अबिर, खादा तथा मायाको चिनो प्रदान गर्दै औपचारिक रूपमा सम्मानसहित बिदाई गरिएको थियो।

कार्यक्रममा स्कुलका प्रिन्सिपल सन्तोष कोइराला, कोअर्डिनेटर दुर्गा प्रसाद सुवेदी लगायतले कक्षा(१२ का विद्यार्थीहरूलाई सफल भविष्यको कामना व्यक्त गरे। कोअर्डिनेटर सुवेदीले एम्स एकेडेमी गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाका रूपमा स्थापित भएको उल्लेख गर्दै विज्ञान संकायमा गत वर्ष कक्षा(१२ को वार्षिक बोर्ड परीक्षामा ३।९५ जीपीए ल्याएर जेनिशा निरौलाले नेपालकै दोस्रो स्थान हासिल गरेको उदाहरण प्रस्तुत गरे। उनले आगामी बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीहरूलाई शुभकामना पनि दिए।

AIMS= 2 त्यस्तै, शिक्षा निकेतन माध्यमिक विद्यालयका प्लस टु इन्चार्ज आशिष मास्केले कक्षा–१२ को प्रमाणपत्रको महत्व उच्च हुने भएकाले मेहनतपूर्वक अध्ययन गरी उत्कृष्ट ग्रेड ल्याउन सुझाव दिए। एम्स क्रिएटिभ ग्रुपकी अध्यक्ष बिनुशा तामाङले कक्षा(११ र १२ को अध्ययन अवधिलाई अविस्मरणीय अनुभवका रूपमा स्मरण गर्दै सम्पूर्ण एम्स परिवारप्रति आभार व्यक्त गरिन्।

कार्यक्रममा विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरी मनोरञ्जनसमेत प्रदान गरेका थिए। कक्षा(११ का सुजल बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक सुबास पौडेल, सोनु राई सुवेदी, अध्यापकहरू युवराज अधिकारी, सञ्जीव उदास तथा चुबासा कन्सल्टेन्सीका सिइओ इशाक खड्का लगायतको उपस्थिति रहेको थियो।

यसैबीच, कक्षा–१२ को वार्षिक बोर्ड परीक्षा आगामी बैशाख १४ गतेबाट सुरु हुने जनाइएको छ।

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic