छाल खवर
धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्याएको परिणामपछि भने नेकपा एमालेका नेता कार्यकर्ताको चेत खेलको छ ।
पार्टीको परिणाम निकै कमजोर देखिएपछि नेकपा ९एमाले०को राजधानी प्रदेश कमिटीले अविलम्ब पार्टी पुनर्गठन गर्न माग गरेको छ।
पार्टी महासचिव शंकर पोखरेललाई शुक्रबार प्रतिवेदन बुझाउँदै राजधानी प्रदेश कमिटीले निर्वाचन समीक्षा, विकसित राजनितिक परिवेश र पार्टीले लिनुपर्ने आगामी कदमबारे सुझाव दिदै यथाशीघ्र पार्टी पुनर्गठन गर्न सुझाव दिएको छ ।
ुनवयुवाहरुको परिवर्तनप्रतिको आकांक्षा, पार्टीप्रति उठेका कतिपय विषयहरुमा वस्तुगत र ठोस तथा एकीकृत धारणा सार्वजनिक गर्न पार्टीले जतिसक्दो चाडै पार्टीको स्थापित विधि प्रक्रियाबाट व्यापक छलफल, विश्लेषण र सुधार तथा आवश्यकता अनुसार पुनर्गठनका अभियान सञ्चालन गर्नुपर्ने सुझाव पेश गरेको छ,ु प्रचार तथा प्रकाशन विभाग प्रमुख शशीजंग थापाले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
निर्वाचन सन्दर्भमा भदौ भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन हुन नसक्नु र भदौ २४ को विध्वंसका पछाडि लुकेको षडयन्त्रलाई जनतामाझ स्थापित गर्न नसक्दा पार्टीले हार ब्यहोर्नुपरेको निष्कर्ष प्रतिवेदनमा रहेको थापाले जानकारी दिएका छन्।
पछिल्लो समय सामाजिक सञ्जालमा व्याप्त मिथ्या समाचार र सुचनाको प्रभाव, भदौ २४ को विध्वंसबाट फैलिएको अराजकताको भय, नेपाली राजनीतिमा व्याप्त अवसरवाद, अराजकतावाद र प्रियतावादले फागुन २१ को निर्वाचनलाई प्रभावित पारेको निष्कर्ष पनि प्रतिवेदनमा उल्लेख छ।
पार्टीलाई आगामी दिनमा युवाहरुमाझ स्थापित गर्न पार्टीभित्र शुद्धीकरण तथा नवयुवालक्षित राजनीतिक, वैचारिक र एजेन्डामुखी अभियानहरु सञ्चालन गर्न सुझाव प्रतिवेदनले दिएको छ।पार्टी केन्द्रको चैतको अन्तिम सातासम्म प्रदेशहरुले जिल्लाबाट प्राप्त प्रतिवेदन र प्रदेशस्तरको समीक्षा गरी पार्टी केन्द्रमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो।
निर्देशनअनुसार २४ चैतमा भएको प्रदेश कमिटीको दोस्रो बैठकमा भएको समीक्षा तथा मातहत ७ वटा जिल्ला तहमा भएका समीक्षा भेला र बैठकहरुबाट प्राप्त सुझावहरुलाई समावेश गरी प्रतिवेदन तयार गरी पेश गरिएको थापाले जानकारी दिएका छन्।
तल्लो तहका कार्यकर्ताहरुले समेत पार्टी पुर्नगठनको कुरा उठाउदै आएकाछन् । अव पनि पार्टी सुध्रिएन भने अवको निर्वाचनमा उम्मेदवार उठने व्यक्ति समेत नपाउने चेतावनि समेत दिन थालेकाछन् ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic