हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

  • चैत ३०, २०८२
  • १०४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई दिएका कक्षा १० का विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

कक्षा ९ (२०८२ ब्याच) र विद्यालयको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा एसईई दिएका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गरिएको स्कुलका निर्देशक गंगाराम राईले वताए ।

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक गंगाराम कुलुङ राईले यो केवल बिदाइ मात्र नभई शुभकामना आदान–प्रदान कार्यक्रम भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई प्रेरणादायी सन्देश दिएका थिए।

कार्यक्रममा एन प्याप्सन धरानका कोषाध्यक्ष पृथ्वी रैका मगर प्रमुख अतिथि रहेका थिए ।

प्रमुख अतिथि पृथ्वी रैका मगरले विद्यालय जीवनको एक चरण पूरा भएको र अबका दिनहरूमा नयाँ चुनौतीहरू सामना गर्नुपर्ने उल्लेख गरेका थिए । उनले असफलताबाट नडराई निरन्तर प्रयास गर्न सुझाव दिँदै थोमस अल्वा एडिसनको उदाहरण प्रस्तुत गरेका थिए।

सो अवसरमा विद्यार्थीहरूले नृत्य, गायन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरी उत्साहपूर्ण बनाएका थिए। विद्यालयका अनुसार कार्यक्रम आत्मीय, भावनात्मक र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic