छाल खवर
धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको छ त्यसैले धरानलाई खेलकुदको शहरका उपनामले पनि चिनिने गरेको छ ।
खेल पर्यटनलाई टेवा पु¥याउने उदेश्यले वैशाख १८, १९ र २० गते दोस्रो धरान खुल्ला तथा राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ।
आयोजक धरान ब्याडमिन्टन क्लबले विहिवार पत्रकार सम्मेलन गरी प्रतियोगिता हुने विषयमा जानकारी गराएको छ । प्रतियोगिता अमरसेवा समाज समाजको कभर्ड हलमा सञ्चालन गरिनेछ।
प्रतियोगितामा खुल्ला पुरुष,महिला सिंगल, पुरुष सिंगल, महिला डबल्स, मिक्स डबल्स तथा भेट्रान (उमेर समूह)गरी विभिन्न विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
देशभरका राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय खेलाडीहरू गरी करिब ४५० भन्दा बढी खेलाडी सहभागी हुने आयोजकको अनुमान रहेको छ ।
सोही अवसरमा स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले वैशाख १४ र १५ गते विशेष प्रतिस्पर्धा पनि सञ्चालन गरिने भएको छ । प्रतियोगिताका विजेता तथा उपविजेताहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ।
मेन्स डबलतर्फ विजेताले १ लाख २१ हजार नगद ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन भने उपविजेताले ६१ हजार नगद ट्रफी प्रमाण पत्र प्राप्त गर्नेछन । प्रतियोगितामा तेस्रो हुनेले नगद ३० हजार रुपैयाँ प्रमाण पत्र प्राप्त गर्नेछन् । यता ओमेन्स डबलतर्फ विजेताले ६६ हजार, उपविजेताले ३३ हजार र तेस्रो हुनेले १८ हजार रुपैयाँ प्राप्त गर्नेछन्। मिक्स डबलतर्फ विजेताले ६६ हजार, उपविजेताले ३३ हजार र तेस्रो हुनेले १८ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
भेट्रान सय प्लस डबलतर्फ विजेताले ६६ हजार, उपविजेताले ३३ हजार र तेस्रो हुनेले १८ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सबै विजेता तथा उपविजेता लाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगितामा २३ लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताको आयोजकले जनाएको छ । प्रतियोगितामा धरान उपमहानगरपालिका, विभिन्न वडा, संघ–संस्था तथा व्यवसायिक क्षेत्रबाट आर्थिक सहयोग जुटाइनेछ। प्रतियोगिता सफल बनाउन विभिन्न उपसमितिहरू समेत गठन गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताले धरानमा ब्याडमिन्टन खेलको विकास, खेलाडीबीच प्रतिस्पर्धात्मक भावना अभिवृद्धि तथा नयाँ प्रतिभा पहिचानसँगै खेल पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास रहेको आर्थिक संयोजक खगेन्द्र मेन्याङ्वोले वताएकाछन् ।
यस्ता प्रतियोगिताहरुले धरानको खेल पर्यटनलाई टेवा पुग्नुका साथै आन्तरीक रुपमा धरानका व्यवसायिक क्षेत्रको विकासमा पनि लाभ पुग्ने मेन्याङ्वोको भनाई रहेको छ ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic