साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

  • वैशाख १३, २०८३
  • १,५०२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित्य पुरस्कार–२०८२’ प्रदान गरिएको छ ।

आयोजकले धरानमा कार्यक्रमको आयोजना गरी राईलाई नगद ५० हजार रुपैयाँ राशी सहित पुरस्कार प्रदान गरेको हो ।

बेलायतको युद्ध साहित्य पुरस्कार कोषद्वारा राईलाई उक्त पुरस्कार प्रदान गरिएको थियो ।

प्रमुख अतिथि प्राज्ञ मुनाराज शेर्माले विश्व इतिहास युद्ध र सङ्घर्षबाटै निर्माण भएको चर्चा गर्दै विभिन्न कालखण्डका युद्धहरूले वर्तमान राजनीतिक तथा सामाजिक व्यवस्थाको जग बसालेको बताए । नेपालको राजनीतिक परिवर्तनहरू पनि सङ्घर्षकै परिणाम भएको उनको भनाई रहेको थियो ।

युद्ध साहित्यले हजारौँ वर्षअघिका धार्मिक युद्धदेखि आधुनिक युद्धसम्मका उपलब्धि, समस्या तथा योद्धाहरूको योगदानलाई उजागर गर्ने काम गरेको शेर्माले वताए । वर्तमान समयमा युद्धको स्वरूप परिवर्तन हुँदै डिजिटल युद्धको अवधारणा विकसित हुँदै गएको उनको भनाई थियो ।

वक्ताहरू जनकऋषि राई र डाक्टर अस्मिता विष्टले नेपाली साहित्य, विशेष गरी युद्ध साहित्य क्षेत्रमा राईले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे । युद्ध सम्बन्धी विषय वस्तुलाई साहित्यमा प्रयोग गरेर राईले महत्त्वपूर्ण भूमिका खेलेको उनीहरूको भनाई थियो ।

युद्ध साहित्य पुरस्कार कोषले साहित्यको प्रवर्द्धन तथा स्रष्टाहरूको सम्मानका लागि पुरस्कार स्थापना गरिएको आयोजक संस्थाका नरेश काङमाङले जानकारी दिए ।

सोही अवसरमा भएको छलफलमा गोर्खाली सैनिकहरूले विभिन्न मुलुकमा देखाएको वीरता तथा उनीहरूले भोगेका अनुभवहरूलाई साहित्यमा समेट्नु आवश्यक रहेकोमा सहभागीहरूले जोड दिए । उग्रवाद र ‘ब्यान्डिट’ जस्ता प्रवृत्तिबारे समेत चर्चा गरिएको थियो ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic