छाल खवर
धरान,१ जेष्ठ ः दोस्रो गोर्खा केरावारी रनको उपाधि अमिर लिम्वूले हात पार्न सफल वनेकाछन् । लिम्वूले ७.५ किलो मिटर दुरी २५ मिनेट २६ सेकेण्डमा पार गर्दै उपाधी हात पार्न सफल वनेका हुन ।
प्रतियोगितामा खुल्ला,भेट्रान र महिला गरी तीन विधामा प्रतियोगिता आयोजना गरीएको थियो ।
त्यसैगरी सन्तोष सिजुले दोस्रो स्थान ल्याउन सफल वनेका थिए भने इन्द्रजंग लिम्बूले तेस्रो हुन सफल वनेका थिए ।
खुला महिलातर्फ
महिलातर्फ मन्दिरा हाताछोले ३४ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। सिलु राई दोस्रो, लक्ष्मी राई तेस्रो स्थानमा रहिन्।
भेट्रान पुरुषतर्फ
भेट्रान पुरुष विधामा बिजय कुमार राई पहिलो, रोशन लिम्बू दोस्रो र विमानल सिंह तामाङ तेस्रो स्थानमा रहन सफल भए।
भेट्रान महिलातर्फ
भेट्रान महिलातर्फ जमुना लिम्बूले ४१ मिनेट ३२ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरिन्। कुसुम लिम्बू दोस्रो र काव्यिता तामाङ तेस्रो स्थानमा रहिन्।
अन्डर–१२ विधा
अन्डर–१२ तर्फ पञ्च बहादुर राई पहिलो, इसहान लिम्बू दोस्रो र यलिजन लिम्बू तेस्रो स्थानमा रहे।
प्रतियोगिता गोरखा सेमी ट्रस्ट नेपालको आयोजनामा सम्पन्न भएको हो। आयोजकका अनुसार यस कार्यक्रमले खेलकुदको विकाससँगै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
विजयी खेलाडीहरूलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा सहभागीहरूको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई अझ भव्य बनाएको आयोजकले जनाएको छ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic