छाल खवर
धरान,१ जेष्ठः धरान उपमहानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरू मध्ये केही विद्यालय शतप्रतिशत नतिजा ल्याउनबाट बन्चित वनेकाछन् ।
एसईई २०८२ को नतिजा अनुसार धरान क्षेत्रका केही संस्थागत स्कुलहरु शतप्रतिशत नतिजा ल्याउनबाट बन्चित वनेका हुन ।
धरान उपमहानगरपालिका शिक्षा महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष समग्र उत्तीर्ण दर ९३.४४ प्रतिशत रहेको छ ।
उपलब्ध विवरण अनुसार कुल १८१५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने १६९६ जना विद्यार्थी उत्तीर्ण भएको सो तथ्याङमा उल्लेख गरीएको छ ।
धरानबाट शतप्रतिशत नतिजा ल्याउने विद्यालयहरू ः
धरानका अधिकांश विद्यालयहरूले १०० प्रतिशत नतिजा हासिल गरेका छन् जसमा हिबिस्कस इंग्लिस बोर्डिङ स्कुल धरान–१५,बिष्णु मेमोरियल सेकेन्डरी स्कुल, धरान–९,पदम मेमोरियल इंग्लिस स्कुल धरान–७,लोटस इंग्लिस बोर्डिङ स्कुल, धरान–१३, धरान मोडल स्कुल, धरान–१५
जेम सेकेन्डरी बोर्डिङ स्कुल,चिल्ड्रेन्स एकेडेमी, सेन्ट जोसेफ इंग्लिस बोर्डिङ स्कुल, के.के. इन्टरनेशनल स्कुल,सौनिक आवासीय महाविद्यालय,विद्या भूषण स्कुल धरान–८ रहेका छन् ।
यता शतप्रतिशत नतिजा ल्याउन नसक्ने विद्यालयहरूमा धरानको नाम चलेका विद्यालयहरु समेत परेका छन् । धरानमा कुनै समय निकै नाम चलेको विजयपुर सेकेन्डरी स्कुल धरान–१ ले भने शतप्रतिशत नतिजा ल्याउनबाट बन्चित वनेको छ । धरानको पुरानो स्कुल डिपो मा.वि. पनि शतप्रतिशत नतिजा ल्याउनबाट बन्चित रहेको छ ।
यता नेपाल पुलिस स्कुल धरानले पनि शतप्रतिशतको नजिना निकाल्न सकेन ।
कार्मेल हाई स्कुल,पर्वत बोर्डिङ स्कुल,प्रभात सेकेन्डरी इंग्लिस बोर्डिङ स्कु,होलील्याण्ड इन्टरनेशनल स्कुल,अरनिको मेमोरियल बोर्डिङ स्कुल
सत्य शिशु निकेतन बोर्डिङ स्कुलको पनि नतिजा कमजोर देखिएको छ ।
यता माउन्ट मोरियाह हाई स्कुलले भने शुन्य प्रतिशत नतिजा ल्याएको छ ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic