छाल खवर
धरान,५ जेष्ठः सुनाखरी एकेडेमी धरानले एस.ई.ई–२०८२ मा उत्तीर्ण भएका ४४ जना विद्यार्थीलाई सोमबार विशेष कार्यक्रमका बीच सम्मान गरेको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा सफल विद्यार्थीहरूलाई खादा तथा अबिर लगाएर सम्मान गर्दै उनीहरूको सफलताको खुसी साटिएको थियो।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल मिलन कुमार राई तथा निर्देशक प्रदिप कुमार राईले विद्यार्थीहरूलाई सम्मान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए।
त्यस अवसरमा प्लस टु संयोजक तप कुमार राई र प्रिन्सिपल मिलन कुमार राईले विद्यार्थीहरूको मेहनत, अभिभावकको साथ र शिक्षकहरूको समर्पणकै कारण विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताएका थिए।
उनीहरूले सफल विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राका लागि बधाई तथा शुभकामना पनि दिएका थिए। विद्यालयका अनुसार प्लस टु तहअन्तर्गत व्यवस्थापन, होटल मेनेजमेन्ट,कम्प्युटर विज्ञान विषयको विषयको अध्ययन–अध्यापन हुँदै आएको छ।
साथै, कक्षा–११ मा भर्नाका लागि प्रवेश परीक्षा आगामी जेठ ९ गते शनिबार बिहान ११ बजे सञ्चालन गरिने जनाएको छ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic